काँग्रेससँग पार्टी एकीकरण हुन सक्छः गच्छदार

414
Chairman of Madhesi Janadhikar Forum-Loktantrik (MJF-L) Bijaya Kumar Gachhadar express his view after receiving a memorandum from the Reporter's Club Nepal on Tuesday in the Kathmandu reminding to promulgate the new Constitution on the given time. Photo: Kumar Shrestha/RSS

विराटनगर । उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले नेपाल लोकतान्त्रिक फोरम र नेपाली कांग्रेसबीच निर्वाचन अघि पार्टी एकीकरकण हुन सक्ने बताएका छन्।

विराटनगर विमानस्थलमा बिहीबार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै गच्छदारले यस सम्बन्धमा दुवै पार्टीका नेताहरुबीच छलफल भई सहमतिपश्चात बृहत लोकतान्त्रिक गठबन्धन निर्माण हुने र यसमा अन्य साना दलसमेत सहभागी हुने बताए।

उपप्रधानमन्त्री गच्छदारले वर्तमान सरकार तोकिएको समयमै प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गराउने सम्बन्धमा सबैलाई ढुक्क हुन पनि आग्रह गरे।

राप्रपालाई सरकारमा सहभागी गराउने गरी सहमति भएअनुसार नै प्रधानमन्त्रीले आफ्नो अधिकारको प्रयोग गरी सरकारमा लैजान लागेको उनको भनाइ थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here