नवनियुक्त मन्त्रीद्वारा शपथ ग्रहण

458
/fi6«klt e08f/Laf6 gjlgo'Qm dGqLnfO{ zky u|x0f /fi6«klt ljBfb]jL e08f/Ln] /fi6«klt sfof{no zLnt lgjf;df cfOtaf/ ;fFem k|wfgdGqL z]/axfb'/ b]pjfsf] pkl:yltdf tLg gjlgo'Qm dGqLx? hoGt rGb, bLngfy lu/L / laqmdaxfb'/ yfkfnfO{ kb tyf uf]kgLotfsf] zky u|x0f u/fpg'x'Fb} . tl:a/M /f]zg ;fksf]6f, /f;; ¬¬¬¬¬

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त उपप्रधानमन्त्रीसहित तीन मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी छन्।

राष्ट्रपति कार्यालय शीतल निवासमा शनिबार साँझ आयोजित एक समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा राष्ट्रपति भण्डारीले उपप्रधान तथा बिना विभागीय मन्त्री कमल थापा र बिना विभागीय मन्त्रीहरू जयन्त चन्द, दीलनाथ गिरी, बिक्रमबहादुर थापालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्। त्यसैगरी, प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त चार राज्यमन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एक समारोहबीच नवनियुक्त बिना विभागीय राज्यमन्त्री कुन्तीकुमारी शाही, सुशीलकुमार श्रेष्ठ, भाष्कर भद्रा र कान्ता भट्टराईलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here