३२ जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना

335
kmf]6f] SofK;g M d+;L/ !) ut] x'g] k|ltlglw;ef / k|b]z;ef lgjf{rgsf nflu uf]/vfdf cfh vf]lnPsf] sfof{no . t:jL/ M k|zGg kf]v/]n, /f;;÷uf]/vf
काठमाडौं ।  पहिलो चरणमा मंसिर १० गते प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन हुने ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा आज निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ।

पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्ला (प्रदेश नम्बर १ का ताप्लेजुङ, पाँचथर, खोटाङ, ओखलढुङ्गा, भोजपुर, संखुवासभा र सोलुखुम्बु, प्रदेश नम्बर ३ का नुवाकोट, रसुवा, धादिङ्ग, सिन्धुपाल्चोक, दोलखा र रामेछाप, प्रदेश नम्बर ४ का मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ र गोरखा, प्रदेश नम्बर ५ का रुकुम–पूर्वी भाग र रोल्पा, प्रदेश नम्बर ६ का रुकुम–पश्चिम भाग, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पा तथा प्रदेश नम्बर ७ का दार्चुला, बझाङ, बाजुरा र वैतडी) मा निर्वाचन अधिकृतको कार्यालय स्थापना भई निर्वाचनसम्बन्धी कार्यसमेत प्रारम्भ भएको निर्वाचन आयोगले जनाएको छ।

दोस्रो चरणमा निर्वाचन हुने बाँकी ४५ जिल्लामा आगामी कात्तिक ९ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here