संसद् बैठक १७ गतेसम्मलाई स्थगित !

73

काठमाडौं – अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ३० जुन (असार १६) गतेसम्ममा संसदबाट पारित भइसक्नुपर्ने भनिएको छ । तर संसद् बैठक असार १७ गतेसम्मका लागि स्थगित भएको छ ।

मंगलवार सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभाको बैठक असार १७ गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरेको जानकारी दिएका हुन् ।
एमसीसी सम्झौता  असार १६ गतेसम्म संसदबाट अनुमोदन गरिसक्न एमसीसीले समयसीमा दिएको सम्झौता प्रक्रियामा सहभागी एक उच्च अधिकारीले संचारमाध्यमलाई जनाए  ।
‘जुन ३० सम्ममा पारित भइसक्नुपर्छ भन्ने कुरा लिखित रूपमा त कहीँ उल्लेख छैन, तर दुई पक्ष (नेपाल सरकार र एमसीसी)बीचको समझदारीमा तय भएको डेडलाइन हो यो’। उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here