अनौठो ठाउा, जहाा छोरी जन्मिसकेपछि आफै छोरा बन्छन्

247

छोरी केही वर्षपछि छोरो बन्छन् भन्दा पत्याउन गाह्रो छ तर डोमिनिकन रिपब्लिक भन्ने देशमा रहेको सेलिनास भन्ने गाउा दुनियाको यस्तो विचित्र गाउा हो जहाा छोरी भएर जन्मिएका बच्चाहरू १२ वर्षका भएपछि छोरा बन्दछन् ।
छोरी भएर जन्मिएका बच्चाहरू १२ वर्षका पुग्दा शारीरिक तथा जैविक रूपबाटै छोरामा परिणत हुन्छन् । महिलाको जस्तो यौनांग लिएर जन्मिएका बच्चाको यौनांगको स्वरूप पनि बदलिएर पुरुषको जस्तै बन्दछ । यो कुनै चमत्कारका कारण भएको भने होइन, एउटा आनुवंशिक रोगका कारण यस्तो भएको हो ।
वास्तवमा शिशुहरूमा गर्भमै रहेको बेला यो रोग लागेको हुन्छ । आनुवंशिक विकारका कारण भ्रुणलाई आवश्यक इन्जाइम प्राप्त हुादैन । जसका कारण बच्चामा पुरुषको सेक्स हर्मोन नगन्य मात्रामा हुन्छ । जसको असर बच्चाको लिंगमा पनि देखिन्छ । बच्चाको लिंग यति छोटो हुन्छ कि उनीहरू जन्मिादा बच्चा छोरा हो की छोरी हो पत्ता लगाउनै गाह्रो हुन्छ ।
तर जब बच्चा १२ वर्ष पार गर्दछ उसको शरीरमा बल्ल सुसुप्त अवस्थामा रहेको यौनांग विकसित हुन थाल्दछ र पहिले स्त्री यौनांग जस्तो आकृति बल्ल पुरुष यौनांग जस्तो बन्दछ । यसरी १२ वर्षपछि मात्र बाबुआमाले आफ्नो बच्चा खासमा छोरा हो वा छोरी हो भन्ने कुरा पत्ता लगाउन सक्दछन् । १२ वर्षसम्म छोरी भनेका बच्चाहरूलाई १२ वर्षपछि एकाएक छोरा भन्नुपर्ने हुन्छ कहिलेकाहीा ।
छोरी सोचेर सानोमा जामा लगाइदिएका बच्चाहरू जब १२ वर्ष पुगेपछि छोरा भएको पत्तो लाग्छ तब लुगादेखि लिएर सबैखाले व्यवहारमा परिवर्तन आउन थाल्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here