सिसाको पुल शनिबारदेखि खुला

289

सिसाको पुल भन्दा अचम्म लाग्छ र यो स्वभाविक पनि हो । मध्यचीनको हुनान प्रान्तस्थित जाङ्जियाजीमा रहेको संसारको सबैभन्दा अग्लो र लामो सिसाको पुल शनिबारदेखि आगन्तुकका लागि खुल्ला गरिादै छ ।

चार सय ३० मिटर लामो, ६ मिटर चौडाइ रहेको उक्त पुलमा तीन तहको ९९ वटा पारदर्शी ग्लास बिछ्याइएको छ । यो पुल जमिनभन्दा ३ सय मिटर अग्लो दुईवटा ठाडो भीरको बीचमा राखिएको छ । समितिका अनुसार डिजाइन र निर्माणमा यो पुलले १० वटा विश्व रेकर्ड कायम गरेको छ । सांघाई डेलीका अनुसार एक दिनमा आठ हजार मानिस पुलको वारपार गर्न सक्छन् । भ्रमणको लागि आउनु एक दिन पहिले नै यसको लागि टिकट बुक गरिसक्नुपर्नेछ ।

यस पुलको निर्माण गत डिसेम्बरमा सिद्धिएको थियो । पुल कति बलियो छ भनेर पुष्टि गर्नका लागि जुलाईमा २ टनको ट्रक उक्त पुलमा चलाइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here