अखण्ड पार्टी नेपाल काँग्रेसमा समाहित

185

काठमाडौँ । अखण्ड पार्टी नेपाल नेपाली कांग्रेसमा समाहित भएको छ ।

पार्टी एकीककरण गर्न आइतबार आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका अध्यक्ष पूर्वमन्त्री कुमार खड्कालगायतका नेतालाई अबिर र फूलमालासहित स्वागत गरे।

कार्यक्रममा देउवाले लोकतान्त्रिक मूल्य मान्यताको रक्षाका लागि लोकतन्त्रवादी शक्ति एक हुनुपर्नेमा जोड दिए। लोकतन्त्रवादी शक्ति एक नभए अहिलेसम्मका उपलब्धि गुमेर अधिनायकवादी शक्ति हाबी हुन सक्ने उनको भनाइ थियो।

पार्टी कांग्रेसमा समाहित भएपछि नेता खड्काले लोकतन्त्रको सुदृढीकरणका लागि पार्टी एक भएको बताए। कात्तिक ५ गतेपछि पोखरामा बृहत् एकीकरण सभा गरिने जानकारी पनि उनले दिए।

दोस्रो संविधान सभा निर्वाचनपछि समानुपातिक सांसद निर्वाचित भएका खड्काले महिला, बालबालिका तथा समाज कल्याण मन्त्रीको कार्यभारसमेत सम्हाली सकेका छन्।

पार्टीका नेता कार्यकर्तालाई कांग्रेसमा सम्मानजक स्थान दिने विषयमा आजै कांग्रेस सभापति देउवासँग सहमति भएको नेता खड्काले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here