लाइफ इन्स्योरेन्सका ग्राहकले अनलाइनबाटै भुक्तानी दिने

219

काठमाडौं – बिमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना ग्राहकहरुलाई अनलाइनबाटै अवधि भुक्तानी तथा मृत्युदाबी भुक्तानी दिने व्यवस्था मिलाएको छ । नेपाल लाइफले आइतवार आफ्नो ग्राहकका लागि दुई वटा अनलाइन सेवा सार्वजनिक गर्दै यस्तो व्यवस्था मिलाएको हो ।

नेपाल लाइफले बिषेश परिस्थितिलाई मध्यनजर गर्दै आइतबार ‘अनलाइन मेच्युरिटी क्लेम एप्लिकेशन’ र ‘अनलाइन क्लेम रिर्पोटिङ सिस्टम ’ सेवा सार्वजनिक गरेको हो ।

मेच्युरिटी क्लेम एप्लिकेशनबाट ग्राहकहरुले मेच्युरिटीको डिटेल्स ईन्फरमेशन लिन सक्नेछन् । त्यसै गरी बाँकी प्रक्रियाको लागि ग्राहकले रकम जम्मा गर्न चाहेको बैंकको नाम, आफ्नो खाता नम्बर, बिमितको नाम, खाता भएको बैंका शाखा र सम्पर्क नम्बर लेखेर सब्मीट गरेपछि सम्बन्धीत ठाउँमा पुग्नेछ ।

यसैगरी क्लेम रिर्पोटिङ एप्लिकेशनको लागि पनि पोलिसी नम्बर, पोलिसी होल्डरको नाम दर्ता गर्ने र त्यसपछिका बाँकी प्रक्रिया गर्दै जानुपर्ने बताइएको छ । प्रक्रिया पूरा गरिसकेपछि तत्कालै विमितको बैंक खातामा रमक जम्मा हुने नेपाल लाइफले जनाएको छ ।

विस्तृत जानकारीका लागि भिडिओ हेर्नुस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here