सात दशकदेखि २७ अक्टोबरलाई कालोदिनका रुपमा मनाउादै कश्मिरी जनता
–निमकान्त पाण्डे
विश्वकै सबैभन्दा ठूलो प्रजातान्त्रिक मुलुक दाबी गर्ने भारत दक्षिण एशियामा आफूलाई सम्पन्न र शक्तिशाली मुलुकका रुपमा दाबी गर्ने गर्छ । आफ्नो मुलुकमा अन्य दक्षिण एशियाका साना मुलुकबाट सुरक्षा खतरा रहेको भनि बदनाम गर्न पनि पछि नपर्ने भारत व्यवहारमा भने आफै असुरक्षाको कारण बन्दै आएको छ । यस क्षेत्रको समृद्धि र सहयोगमा आधारित संगठन सार्क (दक्षिण एशियाली सयोग संगठन) को विगत एक वर्ष देखि १९ औ सम्मेलन हुन सकिरहेको छैन । पाकिस्तानमा हुने भनिएको उक्त सम्मेलनमा भारतले सहभागी हुन अस्विकार गरेपछि अनिश्चित बनेको छ । यस अघि पनि भारतका कारण दक्षिण एशियाली संगठनको काम कारबाहीमा असर पर्दै आएको छ ।
अस्थिरताको कारक
आफू शक्तिशाली हुादा हुादै पनि अर्काे मुलुकबाट सुरक्षा खतरा देख्ने भारतले छिमेकी मुलुकमा अनावश्यक हस्तक्षेप गर्ने र अस्थिरता मच्चाउने लगायतका गतिविधिले उसको वास्तविक नियत प्रष्ट हुन्छ । जस्तो श्रीलंकालाई अस्थिर बनाउादै लिट्टै विद्रोह जन्माउने श्रेय भारतलाई नै जान्छ । तथापि लिट्टे विद्रोहीलाई देखाउादै भारतले श्रीलंकाका कारण दक्षिण भारत असुरक्षित रहेको भन्दै श्रीलंकामाथि पटक–पटक दबाब दिने काम गरिरहयो । नेपालमा पटक–पटक भएका विद्रोह तथा आन्दोलनमा भारतकै भूमिका रहादै आएको छ । विशेष गरी नेपालको तराई क्षेत्रलाई अस्थिर बनाउादै आएको भारतले नेपालसागको खुल्ला सीमानाका कारण आफ्नो मुलुक असुरक्षित रहेको भन्दै आएको छ । नेपालका कारण आफूलाई सुरक्षा खतरा रहेको जनाउने भारतले जब खुल्ला सीमा बन्द गराउन नेपाली पक्षले आवाज उठाउाछन्, रोटीबेटीको सम्बन्ध देखाउादै खुल्ला सीमा कायम गर्नुपर्ने तर्क गर्छ ।
यसले पनि उसको द्वैध चरित्रलाई उजागर गर्छ । भारतको अर्काे छिमेकी मुुलुक पाकिस्तानकै कुरा गर्ने हो भने पनि पाकिस्तानलाई भारतले जहिले पनि आतंकवादलाई संरक्षण गरेको आरोप लगाउादै आएको छ । तर व्यवहारमा भने भारत आफैले नै पाकिस्तानमा आतंकवादी गतिविधि गरिरहेको छ । एउटा स्वतन्त्र मुलुक पाकिस्तानको बलुचिस्तानलाई अशान्त बनाउन भारत हात धोएर लागि परेको छ । स्वतन्त्र बलुचिस्तिानसम्बन्धी गतिविधि गराउन भारतले खटाएका भारतीय खुफिया एजेन्सी रअका अधिकारी हुसेन मुबारक पटेल भनिने कल्भुषण यादव पाकिस्तानमा पक्राउ परेपछि भारतको योजना पर्दाफास भएको थियो ।
अहिले भारत कल्भुषणलाई कसरी पाकिस्तानबाट छुटाउने भनेर उच्च महत्वका साथ लागिरहेको छ । कल्भुषणलाई छुटाउनकै लागि भारतले पाकिस्तानका पूर्व लेफ्टिनेन्ट कर्णेल मुहम्मद हबिब जाहिरलाई रोजगारीको प्रलोभनमा नेपाल बोलाएर लुृम्बिनीबाट बेपत्ता बनाएको घटना समेत सार्वजनिक भइसकेको छ । उनी ०७३ चैत २४ देखि लुम्बिनीबाट बेपत्ता भएको पाकिस्तानले दाबी गरेको छ । यो घटना कुल्भुषणलाई मुक्त गराउन भारतले रचेको योजना भएको पाकिस्तानको दाबी छ । यसले पनि पुष्टि गर्छ कि कुल्भुषण भारतका लागि कति महत्वपूर्ण व्यक्ति हुन् भन्ने कुरा ।
३ मार्च २०१६ मा पाकिस्तानको बलुचिस्तानबाट पक्राउ परेका यादव इरानमा व्यापारीको भेषमा बसेर पाकिस्तानको बलुचिस्तानलाई स्वतन्त्र बनाउने अभियानमा सक्रिय रहेको स्वीकार गरिसकेका छन् । फरक नाम र व्यापारीको भेषमा इरानमा बसेका उनी बलुचिस्तानमा अस्थिरता पैदा गर्ने जिम्मा लिएर त्यहाा गएका थिए । यादव पक्राउ पर्नुभन्दा पहिले कैयौ पटक नेपाल आएर तराई क्षेत्रमा ‘स्वतन्त्र मधेश’ पक्षधरसाग छलफल गरेको तथा श्रीलंका लगायतका मुलुकहरुमा पनि सक्रिय भएको बयान दिएको दाबी पाकिस्तानले गरिरहेको छ ।
आतंकवादको जननी नै भारत भइरहेको छ
हालै संयुक्त राष्ट्रसंघको महासभामा बोल्दै पाकिस्तानी कुटनीतिज्ञ मलिहा लोधीले संयुक्त राष्ट्रसघंले परिभाषित गरेका राज्य आतंक अन्तर्गत भारतले पाकिस्तानमा गुप्तचर खटाउने तथा आतंकवादी गतिविधि गराइरहेको बारे भण्डाफोर गरिन् । उनले भारतीय गुप्तचर अधिकारी कल्भुषण यादव पाकिस्तानको हिराशतमा रहेको र भारतले आफूलाई आतंकवादी गतिविधिका लागि पाकिस्तानमा खटाएको स्वीकार गरिसकेको दाबी गरेकी छिन् । उनले भारतसाग राज्यको सहयोगमा गरिने आतंकवादको लामो अनुभव भएको समेत आरोप लगाएकी छिन् । आतंकवादी गतिविधि सिर्जना गरेर भारतले सबै छिमेकी मुलुकलाई दु:ख दिइरहेको उनको आरोप छ । छिमेकमा अशान्ति सिर्जना गर्ने, नाकाबन्दी गर्ने, नरसंहार र आतंकवादलाई सहयोग गर्ने भारत दक्षिण एशियामा आतंकवादको जननी भएको उनको आरोप थियो ।
स्वतन्त्रता विरुद्ध दमन
भारतीय इतिहासमा सन १९४७ निकै ठूलो उपलब्धि भएको स्वर्णिव वर्ष हो । लामो समयदेखि ब्रिटिश शासकको मातहतमा रहेको भारत स्वतन्त्र भएको वर्ष भएकाले त्यसैको सम्झनामा भारतले प्रत्येक वर्षको १५ अगस्टलाई स्वतन्त्र दिवसका रुपमा मनाउादै आएको छ ।
अरुको साम्राज्यमा बाच्नुको पीडा सम्भवत: भारतलाई भन्दा धेरै कसलाई पो थाहा होला ? ब्रिटिश सामाज्यको त्यही पीडाबाट मुक्त हुन भारतले लामो समय स्वतन्त्रताको आन्दोलन चलायो र अन्तत: सफलता पनि प्राप्त गर्यो । तर बिडम्बना नै भन्नु पर्छ, आफू स्वतन्त्र भएपछि भने भारतले आफूले लामो समयसम्म भोग्दै आएको दासतापूर्ण व्यवहार बिर्सिएर त्यही वर्ष अर्थात सन १९४७ अक्टोबर २७ मा जम्मु कश्मिरमा आफ्नो सेना उतारेर कश्मिरी जनतामाथि बर्बरता देखाउादै आएको छ । जसको परिणाम भारतले विगत सात दशकदेखि स्वतन्त्रता दिवस मनाउादै गर्दा कश्मिरी जनताले भने स्वतन्त्रताको माग गर्दै सात दशकदेखि भारतीय सेना कश्मिरमा खटाइएको दिन अर्थात अक्टोबर २७ लाई कालो दिनका रुपमा विरोध दिवस मनाउादै आएका छन् ।
बेलायती दासत्वबाट मुक्ति मिलेकोमा उत्सव मनाइरहेको भारत आफैले सोही वर्षदेखि कश्मिरीमाथि गरिरहेको बर्बर दमन र स्वतन्त्रता खोस्ने जस्तो गैर मानवीय व्यवहार भने उदेक लाग्दो छ । एउटा व्यक्तिको लागि आफ्नो स्वतन्त्र भूगोलको कति महत्व हुन्छ भन्ने कुरा सात दशक देखि कश्मिरी जनताले गरिरहेको आन्दोलनले पुष्टि गर्छ, जबकी भारत आफैले यस्तो अनुभव गरेर पनि कश्मिरमाथि बेलायतकालीन साम्राज्य लागु गरिरहेको छ । विश्वको सबैभन्दा ठूलो प्रजातान्त्रिक मुलुक ठान्ने भारतले सात दशक देखि स्वतन्त्र अस्तित्व खोजिरहेका कश्मिरी जनतामाथि जुन किसिमको अन्धकारपूर्ण जीवन जीउन बाध्य बनाइरहेको छ, त्यसले भारतको मात्र होइन प्रजातन्त्रको दुहाइदिने हरेक प्रजातन्त्रिक मुलुकको समेत उपहास गरिरहेको छ ।
कश्मिरीहरुको स्वतन्त्रता खोसिएको दिन २७ अक्टोबरमा भारतले बलपूर्वक जम्मू र कश्मिरमा आफ्नो सेना उतारेको थियो । यो भारतको स्वतन्त्रता ऐन र विभाजन योजना विपरित अर्थात ब्रिटिस साम्राज्यले भारत र पाकिस्तानलाई दुई सार्बभौम मुुलुकको दर्जा दिए विपरित थियो । जस अनुसार हिन्दु बाहुल्य भारत तथा मुस्लिम बाहुल्य पाकिस्तानसाग पश्चिम र पूर्वी बंगाल । त्यतिबेलाका करिब ५५० राज्यलाई भौगोलिक अवस्था र साम्प्रदायिक जनसंख्याको हिसाबले भारत वा पाकिस्तानलाई छान्ने अवसर दिइएको थियो । हैदराबाद र जुनागढले भारतसाग नबस्ने भनेपनि भारतले ती राज्यलाई जबरजस्ती आफ्नो मातहतमा ल्याएको थियो । ती दुवै राज्यमा शासक मुस्लिम भएपनि जनसंख्याको हिसाबले हिन्दु बाहुल्य थियो । तर कश्मिरमा यसको उल्टो थियो । अर्थात कश्मिरमा मुस्लिम बाहुल्य भएपनि शासक हिन्दु थिए । यसको भौगोलिक र प्राकृतिक हिसाबले समेत पाकिस्तानसाग मेल खान्थ्यो तर हिन्दु शासकका कारण कश्मिरीहरुको भविष्यमाथि खेलवाड गर्दै कश्मिरलाई भारतीय प्रशासित क्षेत्र बनाइयो । कश्मिरी जनताको चाहना विपरित कश्मिरलाई भारतको मातहतमा ल्याउने निर्णयले कश्मिरीहरुमा असन्तुष्टि पैदा गरायो । सात दशकको लामो अवधिसम्म आइपुग्दा समेत कश्मिरी जनता आफ्नो स्वतन्त्र अस्तित्वको खोजिमा लागिरहेका छन् । जसलाई दबाउन भारतले लाखौा कस्मिरीहरुको हत्या गरिसकेको छ भने लाखौंको संख्यामा त्यहााका महिला र पुरुषहरुका साथै वालवालिकाहरु अपाङ्ग जीवन बााच्न बाध्य बनाइएका छन् ।
कश्मिरीहरुको पाकिस्तानसाग जोडिने चाहनालाई कमजोर बनाउनका लागि भारतले विभिन्न हतकण्डा अपनाउने गरेको छ । भाविष्यमा हुन सक्ने कुनै किसिमका जनमत संग्रहमार्फत कस्मिर पाकिस्तानमा मिसिन सक्ने सम्भावनालाई कमजोर बनाउनका लागि भारतीय सेना, दोग्रा महाराजा र हिन्दु अतिवादीले जम्मु विभाजनका बेला दुई महिनाको अवधिमा तीन लाख मुस्लिमको हत्या गरेका थिए । यो घटनालाई इतिहासकारले सबैभन्दा खराब नरसम्हारका रुपमा व्याख्या गर्ने गरेका छन् ।
कश्मिरी जनताले भारतले गैरकानुनी रुपमा कश्मिरमा आफ्नो नियन्त्रण लिएकै दिन देखि त्यसको सैन्य प्रतिरोध सुरु गरेका थिए । त्यसको परिणाम स्वरुप जम्मू कश्मिरको ठूलो क्षेत्रलाई भारतीय कब्जाबाट मुक्त गराउन सफल भएका थिए । आफ्नो सेनाको अपमानजनक हार मान्दै भारतले १ जनवरी १९४८ मा संयुक्त राष्ट्रसंघ अन्तर्गत सुरक्षा परिषदमा सम्पर्क गरेर कश्मिर समस्या समाधानका लागि मद्दत मागेको थियो ।
१३ अगस्ट १९४८ र ५ जनवरी १९४९ मा पारित गरिएको प्रस्तावमा संयुक्त राष्ट्रसंघले युद्धविरामको मञ्जुरी दिादै संघर्ष विरामको सीमा तय गरको थियो । प्रस्तावमा संयुक्त राष्ट्रसंघको निगरानीमा स्वतन्त्र र निष्पक्ष जनमत संग्रह गर्न सुझाव दिइएको थियो । तर हालसम्म पनि उक्त जनमत संग्रह हुन सकिरहेको छैन । अन्तर्राष्ट्रिय दबाब र कश्मिरीहरुको दृढ संकल्पका कारण पहिला भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरु र अन्य नेताहरुले कस्मिर विवाद समाधान गर्दै कश्मिरी जनताको आत्मनिर्ययको अधिकार प्रयोग गर्ने अवसर दिने प्रतिवद्धता व्यक्त गरेका थिए । तर पछि उनीहरु आफ्नो प्रतिवद्धताबाट पछि हटे । पछिल्लो ६ दशक देखि कश्मिरमा भारत कठोर ढंगले प्रस्तुत भइरहेको छ ।
पाकिस्तानी महिला कुटनीतिज्ञ लोधीले संयुक्त संयुक्त राष्ट्रसंघको महासभामा बोल्दै कानुन कहिल्यै पुरानो नहुने भन्दै संयुक्त राष्ट्रसंघ अन्तर्गतको सुरक्षा परिषदको कश्मिर समस्या समाधानसम्बन्धी प्रस्तावलाई भारतले निरन्तर उलंघन गर्दै कश्मिरीमाथि दमन गरिरहेको आरोप लगाएकी छिन् । संयुक्त राष्ट्रसंघले नै यस क्षेत्रलाई विवादित क्षेत्र भने पनि भारतले निरन्तर शासन गरिरहेको खुलासा गर्दै उनले यस विषयमा भारतीय उच्च अधिकारीहरु छलफलका लागि तयार नहुने गरेको आरोप लगाएकी छिन् । भारतले कश्मिरका लाखौा युवा तथा बालबालिकाको भविष्यमाथि खेलवाड गरिरहेको उनको आरोप थियो ।
स्थिर र समृद्ध छिमेकको विरोधी
भारतका बरिष्ठ पत्रकार तथा वाम विश्लेषक आनन्द स्वरुप वर्माले २३ असोज, २०७४ को एक दैनिक पत्रिकामा नेपालका वामहरुको गठबन्धन र एकताका विषयमा लेखेको आलेखमा एउटा हरफ यस्तो लेखेका छन् । ‘भारतीय शासक वर्गको चिन्ता’ नेपाल चीनसाग नजिकिन्छ भन्नेमात्र होइन, कतै त्यो देश आर्थिक दृष्टिबाट आत्मनिर्भर पो भइहाल्छ कि भन्नेमा बढी ‘चिन्ता’ हो ।’ भारतीय शासकको छिमेकप्रतिको मनसाय के हो भन्ने कुरा भारतीय नागरिक वर्माको यो हरफले स्पष्ट पार्छ । छिमेकी मुलुकहरु सधै आफ्नो छत्र छायाामा बस्नुपर्छ भन्ने मान्यता राख्ने भारतले पछिल्लो समय दक्षिण एशियाली मुलुकमा चिनियाा लगानी भित्रिरहेको कुरालाई निको मानिरहेको छैन । नेपालमा चिनियाा सहयोगका विषयमा भारतले पटक पटक विष बमन गर्ने गरेको छ ।
विकासका लागि छिमेकी मुलुकका हिसाबले सहयोग लिनु स्वभाविक भएपनि यसलाई भारतले अस्वाभाविक मान्दै नेपालमा आफ्नो मात्र प्रभुत्व हुनुपर्ने तर्क गर्दै आएको छ । पाकिस्तानको वृहत् विकासको लक्ष्य सहित २२ मई २०१३ मा स्थापना भएको चाइना पाकिस्तान इकोनमिक करिडोर भारतका लागि निकै ठूलो टाउको दुखाइको विषय बनेको छ । ६२ बिलियन डलर लगानीको उक्त परियोजनाले पाकिस्तानको आर्थिक अवस्था कायापलट हुने देखेपछि भारत यो कार्यक्रम असफल बनाउन हात धोएर लागिरहेको छ । यसका लागि भारतले मुख्य केन्द्रबिन्दु मानिएको बलुचिस्तानलाई अशान्त बनाउन लागिपरेको छ । आर्थिक रुपमा कमजोर अवस्थामा रहेको बलुचिस्तानलाई केन्द्रमा राखेर निर्माण गर्न लागिएको यो परियोजनालाई अवरोध पुर्याउनका लागि भारतले बलुचिस्तानलाई अस्थिर बनाउने गतिविधिलाई प्रोत्साहन गरिरहेको छ । भारतीय रअका एजेन्ट यादव त्यही बलुचिस्तानमा अस्थिरता कायम गर्न खटिएको बेलामा पाकिस्तानी सुरक्षाकर्मीको नियन्त्रणमा परेका हुन् ।
पछिल्लो समय चीनले दक्षिण एशियाली मुलुक श्रीलंका, बंगलादेश लगायतका मुलुकमा पनि लगानी वृद्धि गर्दै उनीहरुको आर्थिक अवस्था सुधारकालागि सहयोग गर्दै आएको छ । तर भारतले छिमेकी मुलुकले गर्न खोजिरहेको विकास र समृद्धिलाई सकारात्मक रुपमा लिनुको साटो चुनौतिको रुपमा लिादै आएको छ । यही कारणले गर्दा उसले सकेसम्म छिमेकी मुलुकको विकासमा भााजो हाल्ने प्रयास गर्दै आएको छ । यसले भारत समृद्ध र विकसित छिमेकीको सट्टामा कमजोर र आफ्नै छत्र छायाामा बााच्ने छिमेकी चाहिरहेको पुष्टि हुन्छ । तथापि छिमेकी मुलुकमा हुने अस्थिरता र कमजोर आर्थिक अवस्थाको असर आफूलाई पनि पर्छ भन्ने कुरामा भने भारत जानेर वा नजानेर चुकिरहेको देखिन्छ ।


















