एमाले–माके गठबन्धनलाई चुनौती दिंदै देजमोका उमेदवारहरू

279

काठमाडौं / नेकपा (क्रान्तिकारी माओवादी) निकट देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले मंसिर १० का लागि हुने प्रतिनिधिसभा र प्रदेश सभाका लागि विभिन्न जिल्लामा उम्मेदवारी दर्ता गराएको छ । देजमोका उमेदवारहरू एमाले माके गठबन्धनका लागि चुनौतीपूर्ण बन्ने सम्भावना देखिएको छ । वाम गठबन्धनका नाममा भएको एमाले–माकेको चुनावी गठबन्धनलाई राजनीतिक वैचारिक रूपमा नाङ्गेझार पार्ने निर्णयसहित देजमोले विभिन्न निर्वाचन क्षेत्रहरूमा आफ्ना उम्मेदवारहरू निर्धारण गरेको छ ।

देजमोको केन्द्रीय कार्यालयबाट प्राप्त जानकारी अनुसार रोल्पामा प्रतिनिधिसभाका लागि सञ्चारकर्मी कुमार शाहले देजमोको मुठ्ठी कसेको चुनाव चिन्ह लिंदै मनोनयन दर्ता गराएका छन् भने प्रदेशसभा १ मा टिकामन बुढामगर र २ मा मोतिराम पुनले उम्मेदवारी दर्ता गराएका छन् । शाह देजमोका केन्द्रीय सचिवालय सदस्यसमेत हुन् । रोल्पामा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’को उम्मेदवारीलाई कुमार शाहको उम्मेदवारी चुनौतीपूर्ण बन्ने देखिएको छ ।
त्यसैगरी नुवाकोटमा प्रतिनिधिसभाका लागि २ नं. निर्वाचन क्षेत्रबाट महिला नेतृ लक्ष्मी मुडभरीको उम्मेदवारी परेको छ भने २ नं. कै प्रदेशसभाका लागि (क) मा अर्जुनलाल श्रेष्ठ र (ख) मा रवि अधिकारीले मनोनयन दर्ता गराएका छन् । १ नं. निर्वाचन क्षेत्रको प्रदेशसभाका लागि (ख) मा भने राजन लामिछानेले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यसैगरी एमाले समर्थित माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र कांग्रेस समर्थित नयाा शक्तिका नेता डा.बाबुराम भट्टराईबीच टक्कर परिरहेको गोरखा जिल्लाको प्रतिनिधिसभाको लागि निर्वाचन क्षेत्र नं. २ मा देजमोका तर्फबाट युवानेता नारायण अधिकारीले उम्मेदवारी दिएका छन् । अधिकारीको उम्मेदवारी बाबुराम र नारायणकाजी दुवै जनाको लागि चुनौती बन्ने देखिएको छ । जनयुद्धको प्रभावित जिल्लाका रूपमा चिनिने गोरखा बाबुराम र नारायणकाजीको प्रतिष्ठाको क्षेत्र बनेको छ । युद्धकालीन एजेण्डाहरूबाट विचलित भइसकेका बाबुराम र जनयुद्धकै विरोधी भूमिकामा राजनीति गरेका नारायणजीले जनयुद्धमा ठूलो बलिदानी गरेका गोरखावासी जनताको मत पाउने सम्भावना निकै न्यून देखिएको छ । त्यस्तै गोरखाको १ नं. क्षेत्रमा देजमोका तर्फबाट विद्यार्थी नेता राम नेपालीले मनोनयन दर्ता गराएका छन् ।

 
त्यसैगरी रामेछापमा देजमोका तर्फबाट प्रतिनिधिसभाका लागि गणेशबहादुर खड्गी ‘गगन’ले मनोनयन दर्ता गराएका छन् भने प्रदेशसभाका लागि १ मा लाङ्घाली मगर र २ मा पदम थापामगरले देजमोका तर्फबाट उम्मेदवारी दर्ता गराएका छन् । उता भोजपुरमा प्रतिनिधिसभाका लागि देजमोका तर्फबाट डिल्लीराम बोहराले उम्मेदवारी दिएका छन् भने प्रदेशसभाका लागि १ मा आङ्डेण्डी शेर्पा र २ मा देवप्रसाद राई देजमोका उम्मेदवार बनेका छन् ।
यता ओखलढुंगामा प्रतिनिधिसभाका लागि रुद्रकुमार फुायालले देजमोका तर्फबाट मनोनयन दर्ता गराएका छन् भने प्रदेशसभाका लागि १ मा तेन्जिङ शेर्पा र २ मा विष्णु खड्का देजमोका उम्मेदवार बनेका छन् । त्यस्तै दोलखामा देजमोका तर्फबाट प्रतिनिधिसभाका लागि गोविन्द काफ्लेले उम्मेदवारी दिएका छन् भने प्रदेशसभाका लागि पूर्वबहादुर खड्का (१) र छत्रबहादुर कार्की (२)ले मनोनयन दर्ता गराएको देजमो कार्यालयले जनाएको छ ।
त्यसैगरी देशभक्त जनगणतान्त्रिक मोर्चाका तर्फबाट लमजुङमा प्रतिनिधिसभाका लागि शुरेशचन्द्र न्यौपाने र कालिकोटमा प्रतिनिधिसभाका लागि कर्णबहादुर बुढाले मनोनयन दर्ता गराएका छन् । बाग्लुङमा प्रतिनिधिसभाका लागि निलबहादुर पुन र पााचथरमा प्रतिनिधिसभाको लागि उमेश तिमिल्सिनाले मनोनयन दर्ता गराएका छन् । सिन्धुपाल्चोकमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ बाट टेकबहादुर जोशी र सोही निर्वाचन क्षेत्रबाट प्रदेशसभाको लागि खड्गबहादुर थापा र प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ बाट कुमार बोगटी र सोही निर्वाचन क्षेत्रबाट प्रदेशसभाका लागि राुज खड्काले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै बझाङमा प्रतिनिधिसभाका लागि धरणीधर नाथ र प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ बाट अशोक ओलीले मनोनयन दर्ता गराएका छन् ।      (- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here