काठमाडौं / ललितपुरको चक्रपथ छेउमा धोबिघाटस्थित मेघा अस्पतालमा स्तरीय बालरोग स्वास्थ्य सेवा सचालनमा आएको छ । वरिष्ठ बालरोग विशेषज्ञ डा.आरपी विक्षाले सेवा लिनु हुने भएको छ । हिजो बुधबार बालरोग ओपिडी सञ्चालन गरियो । । डा.वक्षाले अपरान्ह ४.३० बजेदेखि ६ बजेसम्म सेवा प्रदान गर्नुहुने जनाइएको छ । डा.विक्षा कान्ति बाल अस्पताल महाराजगञ्जमा निर्देशक हुनुहुन्छ ।

त्यसैगरी मेघा अस्पतालले विगत केही महिनादेखि स्तरयि स्त्रीरोग स्वास्थ्य सेवा पनि दिंदै आएको छ । वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा.नूतन शर्माले स्त्रीरोग विशेषको रूपमा काम गरिरहनु भएको छ । नूतन शर्मा स्त्रीरोग विवशेषज्ञका रूपमा ख्याति प्राप्त महिला चिकित्स हुनुहुन्छ । (- जनधारणा साप्ताहिक)



















