काठमाडौं / दुर्घटनाग्रस्त एयरबसलाई एभियसन म्युजियम बनाएर राखिएको छ । करिब २५ वर्ष अर्ब ६४ करोड नेपाली रूपैयाँपर्ने, ८ महिना मात्रै उडेको अत्याधुनिक हवाइजहाज एयरबस ३३०–३०० काठमाडौंमा अवतरण गर्ने क्रममा २०७१ फागुन २० गते ग्राउण्डेड भएपछि एभियसन म्युजियमको अवधारणा अघि बढेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरण र वेद उप्रेती ट्रष्टको सहकार्यअन्तर्गत यो म्युजियम सञ्चालन हुन लागेको हो ।
एउटा सर्वाेक्षण अनुसार संसारभर अर्काे एक दशकभित्र ४ लाख ५० हजार नयाँ हवाई टेक्निसियन र ३ लाख ५० हजारभन्दा बढी पायलट आवश्यक पर्नेछन् । नेपाललगायत कयौं देशहरूमा अहिले नै दक्ष पायलटहरूको अभाव देखिन्छ । यस्तो स्थितिमा संयुक्त राष्ट्रसंघअन्तर्गतको अन्तर्राष्ट्रिय नागरि।क उड्डयन संगठनले पायलटहरूको उत्पादन बढाउन ‘उड्डयन व्यवसायीहरूको नयाँ पिढी’ कार्यक्रम सञ्चालन गरेको छ । नेपालको नागरिक उड्डयन प्राधिकरणले पनि माध्यमिक र उच्चमाध्यमिक तहका विद्यार्थीहरूलाई उड्डयन क्षेत्रतर्पm आकर्षित गर्न कैयौ कार्यक्रमहरू सञ्चालन गर्न गइरहेका बेला वेद उप्रेती ट्रष्टले एयरबस– ३३० खरिद गरेर एभियसन म्युजियम बनाउने सोच बनाएको हो । (- जनधारणा साप्ताहिक)


















