महान् अक्टोवर समाजवादी क्रान्तिको महत्वबारे

249

हुकुमबहादुर सिंह
महान् अक्टोवर समाजवादी क्रान्तिले ७ नोभेम्वर २०१७ मा एकसय वर्ष पार गरेको छ । यसै उपलक्ष्यमा विश्वभरका नक्कली र सक्कली दुवैखाले कम्युनिष्टहरूले आ–आफ्नै हिसाबले यो अवसरलाई पर्वका रूपमा मनाएका छन् । नक्कली कम्युनिष्टहरू जसले लेनिनको नाम जपेर त्यसको अवमूल्यन गर्ने गर्दछन् भने क्रान्तिकारी कम्युनिष्टहरूले लेनिनका विचारहरू अजर अमर छन्, अविनाशी छन् र शाश्वत छन्, तिनको मार्गनिर्देशनमा विश्वका कम्युनिष्टहरूले सर्वहारावर्गीय क्रान्तिको रक्षा र विकास गर्दै अगाडि बढ्ने प्रण गर्दछन् । नेपालको सन्दर्भमा एमाले, माओवादी केन्द्र र तिनीहरूको वरिपरि चक्कर लगाउने नामधारी अन्य कम्युनिष्टहरू नक्कली कम्युनिष्टहरू हुन् भने नेकपा(क्रान्तिकारी माओवादी)लगायत अन्य केही जो वर्तमानमा एमाले, माओवादी केन्द्र र तिनीहरूको वरिपरि चक्कर लगाउने नामधारी अन्य कम्युनिष्टहरूको चुनावी गठबन्धनका विरुद्ध छन् ती सही मानेमा सक्कली कम्युनिष्टहरू हुन् ।
सक्कली कम्युनिष्टहरू ती हुन्, जसले माक्र्सवाद–लेनिनवाद–माओवादलाई आजको विश्वको सर्वहारावादी क्रान्तिको सार्वभौम सिद्धान्त हो भनेर मान्दछन् । अहिलेकोे विश्व क्रान्ति यसकै आधारमा अगाडि बढाइएको व्यावहारिक गतिविधि हो भन्ने मान्दछन् । लेनिनले बारम्बार जोड दिएको तत्थ्य के हो भने एउटा क्रान्तिकारी कम्युनिष्ट पार्टी त्यो हो जसका संगठनहरूमा क्रान्तिकारीहरू टिक्न र अटाउन सक्ने मात्रै होइन, लेनिनको शब्दमा त्यसमा रमाउन सक्ने वातावरणको विकास गरेको हुन्छ । लेनिनको बोल्सेविक पार्टीमा क्रान्तिकारीहरू टिक्न र अटाउन सक्ने मात्रै थिएनन्, त्यसमा उनीहरू रमाउन सक्ने वातावरणको विकास लेनिनले गरेका थिए । अहिलेका एमाले र माओवादी केन्द्र भनेका अवसरवादीहरू रमाउने पार्टीहरू हुन् र नक्कली कम्युनिष्ट पार्टीहरूमा अवसरवादीहरू रमाउने अवस्था हुन्छ, त्यसको भविष्य भनेको दक्षिणपन्थी बिसर्जनवाद नै हो । नेपालका एमाले र माओवादी केन्द्रबारे यही सत्य हो ।

 
अहिले नेपालका क्रान्तिकारी माओवादीहरू नेपालमा एउटा क्रान्तिकारी पार्टी निर्माणमा जुटेका छन् । उनीहरू नेपालमा नया“ जनवादी क्रान्ति सम्पन्न गरी समाजवाद हु“दै साम्यवादको फराकिलो मार्गतर्फ अग्रसर हुन चाहन्छन् । त्यसैले वर्तमान नेपालका क्रान्तिकारी माओवादीहरू पार्टीको जिम्मेवारी भनेको विचार रक्षाको प्रश्नले नै अहम् महत्व राख्दछ । यसका लागि आन्तरिक रूपमा वैचारिक संघर्ष र बाह्य रूपमा वर्गसंघर्ष सारमा वर्गसंघर्षको तीव्रता नै । विचारको रक्षा हो भन्ने मूल मन्त्रलाई आत्मसात गर्न आवश्यक छ । वर्गसंघर्ष विना विचारको रक्षा सम्भव छैन । दलाल पु“जीपति, दलाल नोकरशाहका विरुद्धको लडाइँ हाम्रो केन्द्र विन्दु हो भने सामन्तवादका बाँकी अवशेषहरूका विरुद्धको संघर्ष पनि अहिलेको उत्तिकै आवश्यकता हो ।

 
लेनिनका निम्न भनाइहरू विश्व मजदुर आन्दोलनका लागि कति महत्व राख्दछन्, जसमा लेनिनले भन्नु भएको छ– ‘अवसरवादीहरू मजदुर वर्गका शत्रु हुन् । तिनीहरू शान्तिकालमा मजदुर पार्टीभित्र वुर्जुवावर्गको हितमा गोप्य रूपमा काम गरिहेका हुन्छन् ।’ विश्व कम्युनिष्ट आन्दोलनमा टिटो, ख्रुश्चेभ, लिउशाओचि, देंग र नेपालमा मदन भण्डारी, केपी ओली, प्रचण्ड–बाबुरामहरूले रूपमा क्रान्तिका कुरा गरेता पनि सारमा वुर्जुवावर्गको हितमा गोप्य रूपमा काम गरिरहेका रहेछन् भन्ने अहिले झन्झन् प्रमाणित हु“दै गएको छ । त्यसैले यिनीहरूका नक्कली समाजवादका विरुद्ध नेपालका क्रान्तिकारी कम्युनिष्टहरूले महान् अक्टोवर समाजवादी क्रान्ति जिन्दावाद भन्दै माक्र्सवाद–लेनिनवाद–माओवादको नारा घन्काउन पर्ने आवश्यकता टडकारो रूपमा अगाडि आएको छ । [email protected]

 (- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here