अपांग सौतेनी बहिनीको प्रेरणाले बनिन् मिस युनिभर्स

191

मिस युनिभर्स २०१७ को ताज दक्षिण अफ्रिकाकी सुन्दरी डेमीले नेल पिटर्सले जितेकी छन् । अमेरिकाको लास भेगासमा आइतबार राति भएको मिस युनिभर्स प्रतियोगितामा विश्वभरका ९२ सुन्दरी प्रतियोगीलाई पछाडि पार्दै २२ वर्षीया डेमीले उक्त ताज जितेकी हुन् । डेमी ६६औं मिस युनिभर्स बनेकी छन् ।
यो प्रतियोगिताको फाइनलमा डेमीका अलवा जमैका र कोलम्बियन सुन्दरीहरू पुगेका थिए । कोलम्बियाकी सुन्दरी फस्र्ट रनर अप भइन् भने जमैकाकी सुन्दरीले तेस्रो स्थानमा चित्त बुझाउनुप¥यो । डेमीले नर्थ वेस्ट युनिभर्सिटीबाट बिएको डिग्री हासिल गरेकी छन् । मिस युनिभर्सका अनुसार डेमीले आफ्नो प्रेरणाको स्रोत अपांग रहेकी उनकी सौतेनी बहिनी भएको जनाएकी छन् ।                                                                                (- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here