काठमाडौं / यती एयरलाइन्सले आपूmसँग भएको यात्रु सेवाको लागि प्रयोग नहुने बिएई प्रणालीको जेटस्ट्रिम ४१ (सिरियल नं. ४१०१७) लाई हस्तान्तरण गरेको हो ।
नागरिक उड्डयन प्राधिकरणले उक्त विमानलाई अग्नि नियन्त्रण तथा आकस्मिक उद्धार तालिमको लागि प्रयोग गर्ने बताइएको छ । यस्ता विमान प्रयोग गरी प्रदान गरिने तालिमले नेपालका नागरिक उड्डयन क्षेत्रका सरोकारवाला तथा यात्रुलाई फाइदा पुग्ने एयरलाइन्सले जनाएको छ ।
यती एयरलाइन्सका ग्राउन्ड ह्यान्डलिङ मेनेजर अंकुरजंग राणाले गौतमबुद्ध विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रमुख शिशिल चिकारलाई उक्त विमान हस्तान्तरण गरेका हुन् । उडान कार्यका अतिरिक्त यती एयरलाइन्स देशका नागरिक उड्डयन क्षेत्र तथा समाजको उत्थानका लागि सधैं सक्रिय र प्रतिबद्ध रहेको विज्ञप्तिमा जनाइएको छ ।
(- जनधारणा साप्ताहिक)
















