ग्लोबल आइएमई बैंकको सिइओमा जनक शर्मा

182

काठमाडौं / ग्लोबल आइएमइ बैंकको संचालक समितिले बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा जनक शर्मा पौड्याललाई नियुक्त गरेको छ । बैंकको हिजो बुधबार बसेको बैंक सञ्चालक समितिको बैंकठले यस अघि का.मु प्रमुख कार्यकारी अधिकृतको रुपमा रहेका पौड्याललाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो । लण्डनबाट एमबिए गरेका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत पौड्यालले बैंकिङ क्षेत्रमा ३० वर्ष भन्दा बढिको अनुभव हासिल गरेका छन् ।

उनले सन् १९८७ मा इन्ट्रि लेभलमार्फत नबिल बैंकबाट आफ्नो करियर सुरु गरेका हुन् । नबिल बैंकमा ११ बर्ष काम गरेपछि उनी तत्कालीन एनआइसी बैंकमा पुगे । एनआइसी बैंक स्थापनामा सक्रिय भूमिका खेलेका पौड्यालले त्यहाँ पाँच वर्ष काम गरेपछि फेरि लक्ष्मी बैक स्थापनाका लागि प्रकृया थाल्न लक्ष्मी बैंकमा पुगे । लक्ष्मी बैंकमा एक वर्ष काम गरेपछि पौड्याल अध्ययनका लागि लण्डनतिर लागे । लण्डनमा अध्ययनसँगै त्यहाँको बैंकमा पनि काम गरेको अनुभव पौड्यालसँग रहेको छ । उनले त्यहाँ साढे चार बर्ष काम गरेको अनुभव छ । त्यसपछि तत्कालीन ग्लोबल बैंकमा सहायक महाप्रबन्धकका रुपमा काम सुरु गरेका पौड्याल तत्कालीन ग्लोबल बैंकको सहायक महाप्रबन्धबाट नायव प्रमुख कार्यकारी अधिकृत तथा का.मु प्रमुख कार्यकारी अधिकृत हुँदै प्रमुख कार्यकारी अधिकृतको रुपमा चयन भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here