सिटिजन्स बैंक अष्ट्रेलियन डलरको कारोबारमा

361

काठमाडौं / सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले अब अष्ट्रेलियन डलरको कारोबार गर्ने भएको छ । बैंकले आफ्नो ग्राहकलाई विभिन्न सेवा सुविधा बढाउँदै जाने क्रममा अष्ट्रेलियाको स्टेट बैंक अफ इन्डिया, सिड्नीमा आफ्नो अष्ट्रेलियन डलर खाता खोली उक्त कारोबार सुरु गरेको हो । यसबाट अष्ट्रेलियामा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीलाई सुविधान पुग्नेछ । साथै, अष्ट्रेलियास्थित नेपालीलाई पनि विश्वसनीय र सरल ढंगले बैकिङ कारोबार गर्न सहज हुने सो बैंकले जनाएको छ ।

(- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here