मनकामना केबलकार २०औं वर्षमा, तीन डब्बा थप्दै

407

काठमाडौं / नेपालमै पहिलो केबलकार सुविधान दिने मनकामना केबलकार गत शुक्रबारदेखि २०औं वर्षमा प्रवेश गरेको छ । ५५ साल मंसिर ८ गतेदेखि व्यवसायिक रूपमा सञ्चालनमा आएको यो केबलकारमा वार्षिक १० लाख यात्रु चढ्ने गरेको कम्पनीले जानकारी दिएको छ । मनकामना केबलकारमा १९ वर्षको अवधिमा १ करोड २९ लाख जना यात्रु चढेका छन् । मनकामना मन्दिरसम्म पुग्ने यो केबलकार स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठले परिकल्पना गरेका हुन् ।
यो केबलकारले प्रतिघण्टा ६ सय यात्रु बोक्न सक्ने कम्पनीका कार्यकारी निर्देशक राजेशबाबु श्रेष्ठले जनाए । उनका अनुसार तीन वटा गोन्डोला (डब्बा) थपिँदै छ । यो डब्बा थपेपछि दैनिक ६ सय यात्रु चढ्न पाउने उनले जनाए । श्रेष्ठले केबलकार स्थापना हुँदा र अहिलेसम्म स्थानीयको सहयोग महत्वपूर्ण रहेको बताउँदै स्थानीय तहमा आर्थिक सबलीकरण भएको जनाए ।

(- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here