काठमाडौं / चुनाव सकिएलगत्तै सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । नेपाल आयल निगमले मंसिर २२ गते पेट्रोलियम पदार्थको मूल्य बढाएपछि १५ दिनकै अन्तरालमा यो दोस्रोपटक वृद्धि गरेको हो । पेट्रोल, डिजेल र मट्टितेलमा साविक मूल्यमा १/१ रूपैंयाले बृद्धि गरेको आयल निगमले जनाएको छ ।
निगमले मंगलबार राती १२ बजेबाट लागू हुने गरी वृद्धि भएको जनाएको छ । अब नयाा मूल्य अनुसार डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ७८ रूपैंया पर्नेछ भने पेट्रोलको मूल्य १ सय १ रूपैंया हुनेछ । यति छिटै मूल्यवृद्धि गर्नु पर्ने अरु कुनै कारण नभई स्वचालित मूल्य प्रणालीअनुसार नै मूल्य समायोजन भएको आयल निगमले जनाए पनि सरकारले चुनावी खर्चलाई मिलाउन यो मूल्य वृद्धि गरेको आयल निगम स्रोतले जनाएको छ । (- जनधारणा साप्ताहिक)


















