काठमाडौं / जेस्ठ नागरिक हेल्थ केयर फाउण्डेसन नेपाल गोदावरी नगरपालिका चापागााउको आयोजनामा मेघा अस्पताल धोबिघाटको प्राविधिक सहयोगमा नि:शुल्क एक दिने स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । शिविर गत पुस ०८ गतेका दिन सम्पन्न गरिएको हो ।
शिविरमा ३१६ जना जेस्ठ नागरिकहले स्वास्थ्य जााच गरेका थिए । शिविरमा हाडजोर्नी जनरल फिजिसियन , दन्तरोग लगायतका सेवाहरु समेत प्रदान गरिएको थियो । उक्त शिविरमा ७० प्रतिशत महिला जेस्ठ नागरिकहरु, १५ प्रतिशत जेस्ठ नागरिक पुरुसहरु थिए भने ५ प्रतिशत विविध व्यक्तिहरुले सेवा लिएका थिए । शिविरको सभापतित्व संस्थाका अध्यक्ष शम्भू प्रसाद हुमागाईले गर्नुभएको थियो भने शिबिर उद्घाटन मेघा अस्पतलका अध्यक्ष किशोर जंग राणाले गर्नु भएको थियो । शिविरमा आवश्यकता अनुसर नि:शुल्क औषधी समेत वितरण गरिएको छ ।




















