
निमकान्त पाण्डे
प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि गत मंसिर १० र २१ मा दुई चरण गरी सम्पन्न भएको निर्वाचनमा वाम गठबन्धनले अपेक्षाकृत ठाउामा जित हासिल गरेको छ । यो जितलाई लिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पनि विभिन्न किसिमका आाकलन, अनुमान र विश्लेषण हुन थालेका छन् । वाम गठबन्धन बनेसागै यसलाई हेर्ने दृष्टिकोणलाई लिएर भारत र चिनियाा सञ्चारमाध्यमबीच वाक्युद्ध नै भयो । नेपालमै पनि सत्तारुढ नेपाली कांग्रेसलगायतका मधेशवादी कतिपय दलहरुले समेत यो गठबन्धन र भविष्यमा यसले अवलम्बन गर्ने दिशाका बारेमा विभिन्न अनुमान तथा आरोप लगाएका छन् । तथापि वामइतरका दल तथा शुभेच्छुकले भने यसलाई हालसम्म सकारात्मक रुपमै लिएका छन् र नतिजाले पनि त्यही देखाइरहेको छ ।
जनमत एउटा लहडको विषय हो, जुन कहिल्यै स्थिर भएन र हुादैन पनि । २०४८, ५६ तथा ७० मा भएको निर्वाचनमा नेपाली कांग्रेसलाई ठूलो बनाउन होस् वा ५१ र ७४ मा एमालेलाई ठूलो बनाउनेदेखि ६४ मा तत्कालीन नेकपा माओवादीलाई ठूलो दल बनाउन, ती सबै नेपाली मतदाता नै हुन् । त्यसैले जनताले पत्याउनुको अर्थ सधैंका लागि कदापि होइन, राजनीतिक दलले अवलम्बन गर्ने नीति र गर्ने कामका आधारमा मतदाता सधै चलायमान नै देखिन्छन् । यो सकारात्मक पक्ष पनि हो ।
अब प्रसंग जोडौा, वाम गठबन्धनले प्राप्त गरेको जित र यसप्रति उब्जिएका प्रश्न र आशंकाको । वर्तमान वाम गठबन्धन कुनै चमत्कारिक काम गरेर एकाएक उदाएको नौलो शक्ति होइन । विगतमा जसलाई देशका महत्वपूर्ण सम्पदा बेचेको आरोप लागे वा जसले मुलुकलाई विखण्डन गराउन खोजे उनीहरुबीचकै एकताबाट बनेको गठबन्धन हो । यसकारण यसबाट उत्साहित भइहाल्नु पर्ने कारण देखिादैन, बरु शक्तिशाली हुादा मुलुकले थप नोक्सानी बेहोर्नुपर्ने त होइन भन्ने आंशकाहरु पनि यदाकदा देखिन्छन् । महाकाली नदी बेचेर वार्षिक एक खर्ब २० अर्ब आउाछ भन्दै महत्वपूर्ण जलसम्पदा भारतको जिम्मा लगाउनेदेखि विश्वबैंकले लगानी गर्न लागेको अरुण तेस्रो र नेपालकै सबैभन्दा सजिलो र सस्तो मानिएको ४ हजार १ सय ८० मेगावाट क्षमताको माथिल्लो कणालीलाई नौ सय मेगावाटमा सीमित गरेर भारतलाई जिम्मा लगाउने दल नै यो गठबन्धनका हस्तीहरु हुन् । तराईलाई पहाडबाट छुट्याउने, तथा ५ नम्बर प्रदेशलाई पहाडबाट टुक्र्याउनुपर्छ भन्नेहरुलाई काखी च्यापेर बनेको गठबन्धनले मुलुकलाई कुन दिशातर्फ लैजाला ? त्यो समयले नै देखाउने छ । अहिले नै शंका व्यक्त गरेर वातावरणलाई कलुसित बनाउने काम नगर्नु राम्रो होला ।
यो गठबन्धन कति राष्ट्रवादी छ वा यसले मुलुक र जनताका पक्षमा कस्तो काम गर्छ भन्ने कुराको संकेत चुनावी परिणामबाटै देखिइसकेको छ । यसका केही ज्वलन्त उदाहरण यहाा प्रस्तुत गर्दा उपयुक्त होला । महाकाली नदी नेपालको महत्वपूर्ण जलसम्पदा हो भन्दै भारतलाई दिन नहुने अडान राख्दा पार्टी फुटाउन बाध्य भएका वामदेव गौतमलाई यो निर्वाचनमा षड्यन्त्रपूर्वक हराइएको छ । नेपालमा मधेश नै छैन भन्ने ऐतिहासिक दस्तावेज तयार पार्ने र नेपालको अखण्डताका पक्षमा वकालत गर्ने गौतमलाई योजनाबद्ध ढंगले हराउादै गर्दा छुट्टै मधेश प्रदेशसागै विखण्डनको मागलाई प्राथमिकता दिने राजेन्द्र महतो वाम गठबन्धनकै सहयोगमा निर्वाचित भएका छन् । यसले गठबन्धनको नियत के हो ? आशंका जन्मिनु स्वाभाविक हो ।
माओवादी केन्द्रकै कुरा गर्ने हो भने पनि अध्यक्ष पुष्पकमल दाहालले भारतसाग गरेको सम्झौताको कट्टर विरोध गर्ने तथा चीन र भारतसाग समान सम्बन्ध राख्नुपर्छ भन्ने मान्यता राख्ने नारायणकाजी श्रेष्ठले हार बेहोर्दा भारतसाग नेपाललाई सव–मर्ज गर्न सकिन्छ भन्ने तथा बिप्पा सम्झौता गरेर नेपाललाई कमजोर बनाउने बाबुराम भट्टराईले सहज जित निकाल्छन्, त्यो पनि दुई ठूला दलले जितको लहर लिइरहेका बेला । संयोग कस्तो भने मुलुकलाई समृद्ध बनाउन वाम एकताको आवश्यकता देखेर वाम एकताका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने गौतम र श्रेष्ठलाई नै निर्वाचनमा पराजय भोग्नुपरेको छ ।
बाहिर प्रचारमा जतिसुकै राष्ट्रवादको नारा दिए पनि वाम गठबन्धनका मुख्य हस्ती केपी शर्मा ओली तथा प्रचण्डको विगतले उनीहरुको वास्तविकतालाई प्रष्टै पारिसकेको छ । त्यसमाथि राष्ट्रियताका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै एकताका सूत्रधारहरुलाई नै योजनाबद्ध ढंगले हराउने उनीहरुको नियतले वाम गठबन्धनमाथि थप प्रश्न र आशंका उत्पन्न भइरहेका छन् । यसको जवाफ ओली र दाहालले दिनै पर्ने छ । एकअर्कालाई लम्पसारवादी र राष्ट्रिय एकता भााडेको आरोप लगाउने ओली र दाहालको अनपेक्षित कुम जोडाइले पनि वाम एकता मुुलुकको हितमा छ भनेर पत्याउन गाह्रो छ ।
कहाँ चुक्यो नेपाली कांग्रेस ?
यसैबीच हालैको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनअघि देशमा सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेस थियो । तर, यो निर्वाचनपछि नेपाली कांग्रेसको त्यो उपाधि खोसिएको छ । नेपालको पुरानो र आफूलाई प्रजातन्त्रको हिमायती मान्ने राजनीतिक दल नेपाली कांग्रेसले अहिलेसम्म लडेको निर्वाचनमा यो सबैभन्दा ठूलो पराजय हो । निर्वाचन परिणामसागै आखिर किन हार्यो त कांग्रेसले ? भन्ने प्रश्न पनि उठेको छ । २०७० मा दोस्रो संविधानसभाको निर्वाचनमा नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी थियो । तर, ४ वर्षको अन्तरालमा नै कांग्रेसको छवि नराम्ररी बिग्रेको रहेछ भन्ने कुरा मत परिणामले देखाइरहेको छ । कांग्रेसले पराजय भोग्नुका केही कारण यस्ता छन् :
एमाले र माओवादीको गठबन्धन
यो चुनावमा कांग्रेस हार्नुको प्रमुख कारण दुई ठूला दल एमाले र माओवादीको गठबन्धन नै हो । दुवै दलको मत जोड्दा कांग्रेसभन्दा धेरै मत आएको विश्लेषकहरुको भनाइ छ । यद्यपि, स्थानीय तहको चुनावमा केही स्थानमा कांग्रेस र माओवादीले सहकार्य गरेका थिए । तर, पछिल्लो समय माओवादीसागको सम्बन्ध सुधार्न कांग्रेस सभापति शेरबहादुर देउवा असफल हुादा माओवादी एमालेसाग मिल्न पुग्यो । जसको परिणाम देशैभर नै वाम गठबन्धनका उम्मेदवारलाई जित्न सहजता भयो । सोही कारण नै कांग्रेस तथा अन्य दलका हेभिवेट उम्मेदवारहरु पनि वाम गठबन्धनका उम्मेदवारसामु घुाडा टेक्न बाध्य भए ।
सभापति देउवाको अलोकप्रिय काम
तत्कालीन कांग्रेस सभापति स्व. सुशील कोइराला नेतृत्वको सरकारले संविधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह मात्र गरेन, संविधान जारी गरेरै छाड्यो । त्यसको जस नेपाली कांग्रेसले यो चुनावमा उपयोग गर्न सकेन । खासगरी त्यसपछि कांग्रेसका सभापति बनेका र हाल प्रधानमन्त्री समेत रहेका देउवाले कांग्रेसलाई चुस्त र जनप्रिय बनाउनुको साटो अलोकप्रिय कामको नेतृत्व गरिरहे । उनले भ्रष्टाचार, दलाल र माफिया प्रवृत्तिलाई मलजल गरिरहे । उनले माओवादी सरकारताका दबाब दिएर प्रहरीमा हस्तक्षेप गर्ने, प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउने, लोकमान सिंहलाई सद्भाव राख्ने जस्ता प्रवृत्तिले कांग्रेसको छवि बिगार्यो ।
कमजोर व्यवस्थापन
वाम गठबन्धनले आफ्नो एजेण्डासाथ जनतामाझ जाादा कांग्रेस भने वाम गठबन्धनलाई गाली गर्नमा मात्र सीमित रह्यो । त्यसमाथि सभापति देउवाले चुनावमा टिकट वितरण गर्दा एकलौटी गरेको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले नै आरोप लगाए । कांग्रेसको यस्तो कार्यशैलीकै कारण कार्यकर्ता र पार्टीमा जीवनभर लागेको स्थानीय नेता विरक्तिएका थिए । त्यसको उदाहरण सुदूरपश्चिममा जाादा देउवामाथि कांग्रेसको जिल्ला सभापति र नेताहरुले टिकट वितरणमा असमान व्यवहार गरेको भनेर प्रत्यक्षमा रुपमा नै व्यक्त गरेको असन्तुष्टि एउटा हो । त्यस्तै, कांग्रेसको कार्यसमिति पूर्ण नहुनु, कार्यकर्ता व्यवस्थापन गर्न नसक्नु, सरकारमा रहादा पनि ६४ सदस्यीय जम्बो मन्त्रिमण्डल गठन गर्नु, लोकप्रिय कुनै काम गर्न नसक्नु कैयौं कारणहरुले कांग्रेसलाई पराजयको बाटो देखायो ।
यस्ता थुप्रै कारणले गर्दा यो चुनावमा कांग्रेसको उपस्थिति न्यून देखिएको छ भने संसद्मा विपक्षमा पुर्याएको छ । कांग्रेसले अबको ५ वर्ष आफ्नो नेतृत्व, संगठन, कार्यशैली सुधार्न आवश्यक देखिन्छ । यो बीचमा कांग्रेसले आफूलाई सुधार्न नसके भारतको कांग्रेस पार्टीझैं बन्ने निश्चित छ ।

















