राजा महेन्द्रलाई सम्झने बेला आयो

337

–दीर्घराज प्रसाईं

‘हिवत्खण्ड नेपाल’ विश्वका पुराना सार्वभौमसम्पन्न राष्ट्रहरुमध्ये एक स्वतन्त्र, सार्वभौमसत्तासम्पन्न आफ्नो पहिचान बोकेर उभिएको राष्ट्र हो । राष्ट्र निर्माता पृथ्वीनारायण शाह र उनीपछि उनका कान्छा छोराबहादुर शाहको नेतृत्वमा हिमवत्खण्डका गोर्खालगायत, नुवाकोट, कीर्तिपुर, कान्तिपुर, भक्तपुर, ललितपुर, सेनवंशीहरुको राज्य मकवानपुरदेखि टिष्टासम्म, बाइसे, चौबीसे, पाल्पा, कास्कीलगायत पश्चिम सिमलासम्मका ५४ जति ससाना हिन्दू राज्यहरु एकीकृत भएको हो यो विश्वको एकमात्र हिन्दू अधिराज्य नेपाल । भौगोलिक र जातीय विविधताको कारणले विशाल नेपालको अवस्था अत्यन्त संवेदनशील छ । नेपालको एकीकरणमा यस क्षेत्रका राज्य र अधिकांश जनता हिन्दू भएको र नेपाली भाषा यी सबै क्षेत्रमा सम्पर्क भाषाको रुपमा चलनचल्तीमा आइसकेकाले विशाल नेपालको एकीकरणमा धेरै बल पुगेको थियो । त्यो हिसाबले पृथ्वीनारायण शाहका बेलादेखि एकीकृत विश्वको एक मात्र हिन्दू अधिराज्य, नेपाली भाषा, जाति, धर्म, क्षेत्रीयताबारेमा हचुवाका भरमा बोल्ने, लेख्ने, भड्काउने काम भयो भने चौतर्फी छताछुल्ल हुन्छ । नेपाल अधिराज्यका विभिन्न जाति, भाषा, धर्ममाथि सहअस्तित्व कायम राख्नु नेपालको राष्ट्रिय एकीकरणपछि स्थापित मान्यता हो ।
नेपाल अधिराज्यमा हिमाल, पहाड, तराई आ–आफ्नै प्राकृतिक सिर्जना हुन् । नेपालको प्राकृतिक विविधताको कारणले नेपाललाई विश्वमा सानो संसार मानिन्छ । प्राकृतिक र सांस्कृतिक हिसाबले विश्वमा नै नेपाल एक समृद्ध मुलुक हो । यसका प्राृकतिक स्रोतलाई परिचालन गर्ने र नेपालमा हिन्दू देवीदेवता, मन्दिर, धाम तथा बौद्धभूमिलाई विश्वमा प्रदर्शन गरिएमा विश्वको समृद्ध भूमि बन्न सक्छ । त्यसैले नेपालको महानता र यसको संवेदनशील बुझ्न सक्नुपर्छ । नेपालको राष्ट्रियताको सुदृढीकरणका लागि राष्ट्रिय एकता, स्थायित्व र नेपालको महत्व र पहिचानमाथि खलल पुग्ने स्थिति आउन लागेकाले राजा महेन्द्रले यो पूण्यभूमि नेपाललाई विश्वको अगाडि चिनाउन आफ्नो नेतृत्व दिन सकेकाले हामी नेपालीहरुले अहिलेसम्म सार्वभौम अस्तित्व देखाएर विश्वका सामु शिर उच्च गरेर हिाड्न पाएका छौं । राजा महेन्द्रले भारतीय हस्तक्षेपको विरुद्धमा २०१७ सालको परिवर्तनपछि सारा नेपालीको सार्वभौम इज्जत बचाइदिएको कुरा बिर्सन सकिादैन ।
२०१७ सालपछि राजा महेन्द्रले विश्वका ठूला राष्ट्रहरुको दवावबाट मुक्त हुन असंलग्न परराष्ट्र नीतिको सिद्धान्त अवलम्बन गरेर संयुक्त राष्ट्र संघ जस्ता ठाउामा नेपालको अगुवाइ गराएर नेपालको प्रतिष्ठा बढाएका थिए । आधुनिक चीनका शक्तिशाली नेता माउत्सेतुङ र भारतका शक्तिशाली प्रधानमन्त्री जवाहरलाल नेहरु यी दुवैसाग राजा महेन्द्रले सन्तुलित मित्रता कायम गरेर कूटनीतिकरुपमा नेपाल खाने नेहरु डक्ट्रिन समाप्त पारिदिए । आर्थिकरुपमा नेपाललाई समृद्ध बनाउन नेपालमा भूमिसुधार, राज्यरजौटा, विर्ता उल्मूलन, भारत, चीन एवं मित्र देशहरुलगायत समाजवादी देशहरुको सहयोग लिएर नेपालको आर्थिक विकासको क्षेत्रमा ५० भन्दा बढी उद्योग र जनतालाई प्रत्यक्ष लाभ हुने संस्थानहरु स्थापित गराए । शिक्षा, स्वास्थ्य, यातायात, बाटोघाटोको निर्माण, सिाचाइ, विद्युत् र नेपाली जनतालाई नभई नहुने आधारभूत आवश्यकता परिपूर्ति गराउादै राजा महेन्द्रले साहित्य कला क्षेत्रमा दु्रततर स्थान दिएर मुलुकी ऐन, राजकीय प्रज्ञा प्रतिष्ठान गठन गरी रक्तपातविना सबैलाई चित्त बुझाएर राजनीतिक, आर्थिक, सामाजिक क्रान्तिबाट समृद्ध नेपालका लागि ज्यूज्यान अर्पित गर्न सके । राजा महेन्द्र जस्तो अर्को त्यस्तो व्यक्तित्व २०४७ देखि अहिलेसम्म नेपालमा जन्मिएको छैन ।
नेपालको सम्पत्ति भनेको सुदृढ राष्ट्रियता, राजतन्त्र र प्रजातन्त्र नै हो । राष्ट्रियता, राजतन्त्र र प्रजातन्त्रको बीचमा समन्वय र सन्तुलन गरेर नेपाल चल्ने हो भने यो देशलाई कहिले पनि खतरा हुन्न । तर नेपालको राष्ट्रियता, राजतन्त्र र प्रजातन्त्रको बीचमा २००७ सालदेखि नै भारतले भााजी हाल्ने गरेकाले हामी आफ्नै नजिकको छिमेकी देश भारतसाग साधै पीडित र सशंकित हुादै आएका छौं । पार्टीगत व्यवस्थाको आधारमा भारतले पार्टीका नेताहरुलाई आफ्नो पक्षमा पारेर देशको सार्वभौमसत्तामाथि नै खतरा आउने अवस्थामा राजा महेन्द्रले नेपालको सार्वभौमसत्तालाई सुदृढ बनाउन अथक प्रयत्न गरेका थिए । राजा महेन्द्रले भनेका थिए– पार्टी व्यवस्थाले जनता मात्र विभाजित हुने होइन, राष्ट्र नै विभाजित हुनसक्छ । नेपालमा अहिले त्यही भइरहेको छ । महान् देशभक्त राजा महेन्द्र नेपाल र नेपाली जनताका कर्णधार हुन् । नेपालको सार्वभौम अस्तित्व कायम राखेर राष्ट्रका प्रतिष्ठा, पहिचान कायम राख्न जिउज्यान अर्पण गर्ने एक योद्धा हुन् । तर अहिलेको स्थिति २०१७ सालको भन्दा खतरनाक अवस्था छ, जहाा भारत र पश्चिमी देशहरुले नेपाललाई उठ्न नदिने तरिकाका तानाबुना बनेका छन् ।
राजा महेन्द्रले समृद्ध, सार्वभौम नेपाल र नेपाली जनताको सुखसमृद्धिका लागि जे जति काम गरे, त्यो सबैको सामु अझै ताजै छन् । २०१७ साल अगाडि विदेशीहरु नेपालको जग्गा–जमीन खरिद गर्न स्वतन्त्र थिए । २०१८ सालमा राजा महेन्द्रबाट कुनै पनि विदेशीलाई नेपालको भूमि खरिद गर्न रोक लगाइयो । नेपालको एक जिल्लाबाट अर्को जिल्ला जान भारतकै बाटोबाट हिाड्नुपर्ने बाध्यता थियो । राजा महेन्द्रबाट २०१८ सालमा पूर्वपश्चिम राजमार्गको गैलाकोटमा शिलान्यास गरेर भारतीय पीडाबाट मुक्त गराउने काम भयो । नेपाली भाषालाई अधिराज्यभर राष्ट्रभाषामा निरन्तरता दिलाइयो । २०१७ साल अगाडि ९० प्रतिशत भारतीय मुद्रा मात्रको चलनचल्तीमा थियो र त्यसलाई हटाई नेपाली मुद्रालाई अनिवार्य प्रचलनमा निरन्तरता गराएर स्वाभिमान कायम गरियो । नेपालको सुरक्षार्थ बसेको भारतीय फौजलाई विनाशर्त राजा महेन्द्रबाट धपाउने काम भयो । हिन्दू अधिराज्यलाई संविधानमा उल्लेख गरेर भारत र विश्वभरका हिन्दूहरुमा सकारात्मक सन्देश दिइयो । २०२० साल भाद्र १ गते नयाा मुलुकी ऐन घोषणा गरी छूवाछूत, जातिभेद र लिङ्ग–भेदको नीति तोड्ने अथक प्रयत्न गरेको, २०२१ सालमा भूमिसुधार ऐन घोषणा गर्दै विना रक्तपात जमिन्दारी प्रथा, बिर्ता उन्मूलन गर्दै जग्गा जोत्ने मोहीहरुको अधिकार सुरक्षित राखेर असंख्य जग्गाविहीनहरुको उद्धार गरे । राजा महेन्द्रले २०१७ सालमा कदम नचालेका भए नेपालको अस्तित्व पहिल्यै समाप्त हुन्थ्यो ।

 
भारत रिसाउाछ भन्ने डरले कांग्रेसी नेताहरु राष्ट्रिय एकताका कुरा पनि उठाउन चाहादैन थिए । सन् १९५० को सन्धि र दिल्ली सम्झौता हावी थियो । कुनै पनि स्वतन्त्र एवं सार्वभौमसत्तासम्पन्न राष्ट्रको संरक्षण अर्काका देशका फौजबाट हुादैन, आफ्नै देशका फौज चाहिन्छ । एउटा स्वतन्त्र राष्ट्रका आफ्नै मुद्रा हुन्छ, आफ्नै भाषा हुन्छ । आफ्नो देशको भूभाग खरिदविक्री गर्ने सम्पूर्ण अधिकार आफ्नै देशका जनताको मात्र अधिकारमा रहन्छ, विदेशीहरुको कुनै अधिकार हुादैन । भारतमा त्यहााका जनताले भारतीय नागरिक भएरै पनि सिक्किम र कास्मिरमा जग्गा किनबेच गर्न पाउादैनन् भने नेपाल जस्तो सार्वभौम राष्ट्र्मा भारतीयहरुको यस्तो हेपाहा प्रवृत्ति किन र कहिलेसम्म ? यो कुरालाई माओवादीभित्रका देशभक्तहरुले बुझेर साम्राज्यवाद र विस्तारवादीसाग भिडेर आएको राजसंस्थालाई सम्मान दिलाउलान् भन्ने विश्वास थियो । तर माओवादीले असली राष्ट्रवाद बुझ्न नसकेको हुादा अहिले माओवादी पनि विस्तारवादी र साम्राज्यवादीको गोटी बन्न पुगेको छ ।
राजा महेन्द्रबाट २०१७ सालको परिवर्तनपछि क्रमश: कुनै पनि विदेशीलाई नेपालको जमीन खरिदविक्रीमा रोक, नेपाली भाषालाई राष्ट्र भाषाको रुपमा निरन्तरता, नेपाली मुद्रालाई नेपाल अधिराज्यभरि अनिवार्य चलनचल्ती, भारतीय फौज विनाशर्त नेपालबाट हटाइयो । नेपालको पेटमा पहाड मधेश दुवैलाई सुविधा हुने गरी पूर्वपश्चिम राजमार्ग र शाखा बाटाहरुको निर्माण गरेर देखाइ दिए । २०१८ सालमा भारत भ्रणमा भारतीय पत्रकारहरुले चीनको कम्युनिष्ट व्यवस्थाबाट त्रसित भएर कोदारी राजमार्ग किन बनाइयो भन्ने प्रश्नमा राजा महेन्द्रको उत्तर थियो, ‘ट्याक्सी चढेर कम्यूनिष्ट व्यवस्था आउादैन ।’ २०१७ सालदेखि २०२८ सालसम्म राजा महेन्द्रबाट जम्मा जम्मी ४ अर्ब रकम खर्चमा राजस्वबाट २ अर्ब १७ करोड, विदेशी सहायता एक अर्ब ६३ करोड र विदेशी ऋण १२ करोड मात्र खर्च भएको थियो । अहिलेका खाओवादी– कांग्रेस, एमाले, माओवादीहरुले राजा महेन्द्रबाट सिक्ने काम नगरेकाले भारतीय जालमा फस्न पुगेका छन् । कांग्रेस, एमाले, माओवादीका १०/२० जना नेतृत्व तहमा बसेका राष्ट्रघाती बाहुनहरुको कारणले देश डुब्न लागेको अवस्था छ । राजा महेन्द्रको विचारबाट पराजित भएकाहरु किन भिरबाट फाल हान्ने काम गरिरहेका छन् ?
नेपालका एउटा महान् देशभक्त राजा महेन्द्रको असामयिकरुपमा २०२८ साल माघ १७ गते ५२ वर्षको उमेरमै देहान्त हुन गयो । मुलुक रोयो । विश्वभरबाट सम्वेदना आए । पत्रपत्रिकामा छापिए । राजा महेन्द्रको स्वर्गारोहण भएको बेला भारतीय समाचारपत्र टाइम्स अफ इण्डियाले सन १९७२ फरवरी १ मा जनताका राजा ‘पिपुल्स किङ्ग अफ नेपाल’ लेखेको थियो । भारतीय सामाचारपत्र नवभारत टाइम्सले लेखेको थियो, ‘सन् १९६० मा संविधान भङ्ग गरेको निर्णयलाई आलोचना त गरियो तर पछिका घटनाहरु र पञ्चायती व्यवस्था लागू गरिएपछि यो कुरा स्पष्ट भयो कि राजा महेन्द्रको निर्णय र प्रयोग उचित थियो ।’ इण्डियन एक्सप्रेसले भनेको थियो, ‘राजा महेन्द्रलाई नेपाल र संसारका अन्य भागमा पनि त्यस्तो व्यक्तित्वको रुपमा स्मरण गरिनेछ कि जसले आफ्नो सामथ्र्य र शक्ति अनुसार आफ्नो देशको सेवा गर्ने संकल्प गरेको थियो ।’ तर अहिले नेपाल खतरनाक मोडमा छ ।
कांग्रेस, एमाले र माओवादीहरु नैं राष्ट्रघातमा अगुवा बनेका छन् । कांग्रेस, एमाले, माओवादीका भ्रष्ट, देशद्रोहीहरुले जबर्जस्त २०७२ साल असोज ३ गते भारतीय कांग्रेस (आई) र उसको गुप्तचर संस्था ‘रअ’बाट लाधिएको संविधानसभाबाट संविधान घोषणा गरेर स्थानीय निर्वाचन गराएका छन् । २० वर्षदेखि निर्वाचन नभइरहेको अवस्थामा नेपाली जनताले कुनै संविधानलाई स्थापित गर्न वा सत्तासीन कांग्रेस, माओवादी र एमालेको भनाइमा लागेर जनता निर्वाचनमा होमिएका होइनन् । २० वर्षदेखि जनप्रतिनिधिविहीन रहेका गाउा, नगरक्षेत्र जनप्रतिनिधिविहीन भएकाले आफ्ना गाउा र नगरमा जनप्रतिनिधि छान्नमा सक्रिय भए । त्यही हिसाबले निर्वाचन हो किन भाग नलिने भन्ने अभिप्रायले संसदीय निर्वाचनमा पनि भाग लिए । धर्मनिरपेक्ष, गणतन्त्र, संघीयता लाद्नलाई निर्वाचन गरिएर नेपालको अस्तित्व, पहिचान समाप्त गर्नको लागि निर्वाचन गराइएको हो भन्ने कुरातर्फ जनता लागेनन् ।
यस हिसाबले २०६३ सालपछिका असफल दलाल नेताहरु राष्ट्र डुबाउने रणनीतिमा छन् । २०६३ सालपछि देश राष्ट्रघातीहरुको कब्जामा छ । २०१७ सालभन्दा अहिले राष्ट्रको विकराल अवस्था छ । कुनै राजनीतिक पद्धतिको समर्थन र विरोधभन्दा राष्ट्रको सार्वभौमसत्तालाई बचाउनु हामी नेपालीहरुको पहिलो कर्तव्य हो । बितेको ११ वर्षमा सबै छर्लङ्ग भएको छ कि राजसंस्थाविना नेपालको सार्वभौमसत्ता बााच्न सक्तैन । राजसंस्था नफाली नेपाल कब्जा गर्न नसकिने भएकाले भारत कसिएर गणतन्त्रको बाटोमा यहााका नेताहरुलाई कथित १२ बुादे सहमतिमा एकत्रित गराएको थियो । माओवादी पनि त्यसैबेलादेखि भारतको कमारो बन्न पुगेको थियो र बल्ल अहिले अखाएर माओवादीको होस् खुलेको जस्तो लाग्छ । तर माओवादीको रवैया हेर्दा पत्यार लाग्दो अझै छैन । नेपालको सार्वभौमसत्तामाथि भित्रभित्रै बढ्न गइरहेको खतराबाट देशलाई बचाउन श्री ५ महेन्द्रबाट २०१७ सालमा जुन कदम चाल्ने काम भयो त्यो नेपाली राष्ट्रियताको विजय थियो ।
मान्छेको पहिचान सत्तामा पुगेपछि हुादोरहेछ । बोलेर मात्र होइन, सत्तामा पुगेपछि वास्तविकताको धरातलमा उभिएर नेतृत्व गरेर देखाउन सक्नुपर्दछ । त्यो काम श्री ५ महेन्द्रबाट देखाएको थियो । २०६३ पछि देश बनाउने नाममा लोकतन्त्रको मुखुण्डो लाएर कांग्रेस, एमाले, माओवादी सत्तामा आए । २०६३ सालपछि सत्तासीनहरुले बिगार्ने बाहेक सपार्ने एउटै काम गरेका छैनन् । २०४७ सालको संविधानअनुसार मरिसकेको प्रतिनिधिसभालाई पुन:स्थापित गर्न राजालाई भनियो । दलहरुको मागअनुसार सहमतिको आधारमा २०६३ वैशाख ११ गते राजाबाट प्रतिनिधिसभा पुन:स्थापना गरिएपछि त्यसको नै तेजोवध गराएर कांग्रेस, एमाले र माओवादीले राजाबाटै ब्यूातिएको प्रतिनिधिसभाको नै सौजावाजी गर्दै राष्ट्रका स्थापित मान्यताहरुमाथि नै आक्रामक बने । कांग्रेस, एमाले, माओवादीका कुशासनको परिणाम नेपालमा असुरक्षा, अभाव, चरम–महंगी, भ्रष्टाचार, अनियमित्तता, हत्या, लुट, अपहरण र अत्याचारको पराकाष्ठा नाघेको छ ।
श्री ५ महेन्द्रबाट मात्र १० बर्षमा भारत, चीन एवं मित्र देशहरुलगायत समाजवादी देशहरुको सहयोग लिएर नेपालको आर्थिक विकासको क्षेत्रमा ५० भन्दा बढी उद्योग र जनतालाई प्रत्यक्ष लाभ हुने संस्थानहरु स्थापित गराएर धेरै पछि परेको देश नेपालमा अहं भूमिका खेलेर शिक्षा,स्वस्थ्य, यातायात, बाटोघाटोको निर्माण, सिाचाइ, विद्युत् र नेपाली जनतालाई नभई नहुने आवश्यकताको परिपूर्ति गराउादै राजा महेन्द्रले साहित्य कला क्षेत्रमा दु्रततर स्थान दिएर जनतालाई समिटेको थियो । पछि २०४७ सालपछि कांग्रेस सत्तामा आएर गिरिजाप्रसादहरुले सबै बेचेर खाए, देश मागिखाने बनाइदिए । राजा महेन्द्रबाट १० वर्षमा देशलाई सर्लक्क उठाउने काम भयो । राजा महेन्द्रले हात नहालेको कुनै क्षेत्र थिएन, जुन कुनै पनि अधुरा थिएनन् । अहिलेसम्म हामी राजा महेन्द्रले बिछाएको पूर्वाधारमा टेकेर हिाडिरहेका छौं, जहाा जम्माजम्मी ४ अर्ब मात्र रकम स्वदेशी राजस्व र विदेशी सहायता खर्च भएको थियो– जसमा राजस्वबाट २ अर्ब १७ करोड, विदेशी सहायता एक अर्ब ६३ करोड र विदेशी ऋण १२ करोड मात्र । अब तमाम देशभक्तहरुले देशद्रोहीहरुका विरुद्ध एक भएर राष्ट्रलाई स्थापित गर्ने काम गरिएन भने नेपालको अस्तित्व बच्न सक्तैन । अब देशद्रोहीहरुको कब्जाबाट नेपाल बचाउन राजा ज्ञानेन्द्रको उपस्थितिमा राजा महेन्द्रले झैं नेपाल अधिराज्यमा बासिन्दाहरुलाई एकताको सूत्रमा आबद्ध गर्नसक्ने नीतिमा समर्पित भएर सार्वभौम नेपाल बचाऔं !

Email: [email protected]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here