नुवाकोट / नुवाकोटको पूर्वी भेगस्थित ढिकुरेमा जेष्ठ नागरिकहरुलाई स्वास्थ्य परिक्षण सहित न्यानो कपडा र औषधि वितरण गरिएको छ । स्वास्थ्य परिक्षण कार्यक्रममा ९० महिलासहित १ सय ७० जना जेष्ठ नागरिकहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा उपस्थित जेष्ठ नागरिकहरुलाई एक/एक सेट कपडा समेत वितरण गरिएको छ । सदरमुकाम विदुरदेखि १५ किलोमिटर पूर्वको लिखु गाउापालिका–२ ढिकुरेमा स्वाभिमान नेपाल, मेघा अस्पताल, रोटरी क्लव अफ वालाजु काठमाडौंको संयुक्त आयोजनामा जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण गरी न्यानो कपडा वितरण गरिएको हो । डा. तेजरत्न तुलाधर सहितको ४ जनाको टोलीले लिखु गाउापालिकाका १ सय ८० जना जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण गरी औषधि समेत वितरण गरिएको कार्यक्रमकी संयोजक राज्यलक्ष्मी शाक्यले जानकारी दिनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here