संसदीय व्यवस्थाविरुद्ध क्रान्तिकारी मोर्चा

228

हुकुमबहादुर सिंह
नेपालको संविधान २०७२को कार्यान्वयनसँगै माओवादीको नेतृत्वसहित एउटा ठूलो हिस्सा शान्ति, संविधान र विकास निर्माणको नारा लिएर संसदीय व्यवस्थामा फर्किएको छ । यसले २०५२ सालमा यहि संसदीय व्यवस्थाका विरुद्ध सशस्त्र विद्रोह गरेको थियो र हजारौं नेपाली जनतालाई सहीद बनायो तर क्रान्तिलाई बीचमै धोका दिएर उसकै शब्दमा प्रतिक्रियावादी खेमामा आफूलाई नांगो बनाएर गएको छ तर जनतालाई भ्रममा पारिरहन उसले ‘वामपन्थी गठबन्धन’ को नाम दिएको छ । प्रचण्डले अब एमालेको आशा र भरोसामा र बाबुराम भट्टराईले नेपाली कांग्रेसको बैशाखीमा अबको संसदीय यात्रामा लाग्ने निश्चित भएको छ । हुन त सिद्धान्तत: संसदीय व्यवस्थाको अझै विरोध गरिरहेको मसाल पनि एमालेको बैशाखीमै संसदमा एक सिट प्राप्त गरेको छ ।
यहि सन्दर्भमा चितवनमा नेकपा (क्रान्तिकारी माओवादी)को केन्द्रीय समितिको बैठक सफलतापूर्वक सम्पन्न भएको छ र उक्त बैठकले नेपालमा जनक्रान्ति आवश्यक छ र जसका लागि नेपालमा विद्यमान क्रान्तिकारीहरुबीचको एकता अनिवार्य शर्त भएको छ भनेर उद्घोष मात्रै गरेन, त्यसको तत्काल कार्यान्वयनमा जोड दिएको थियो । त्यसैले यसको पहल नेकपा (क्रान्तिकारी माओवादी)ले ढिलो नगरी लिन पर्दछ भन्ने निष्कर्ष निकालेको थियो र जसलाई नेकपा (क्रान्तिकारी माओवादी)का महासचिवले तुरुन्तै कार्यान्वयनमा लैजाने पहल गरेको पाइएको छ र यो स्वागत योग्य छ । पार्टीले पार्टी एकता र ध्रुवीकरण भनेको थियो । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव किरण र नेकपाका महासचिव बिप्लवबीच माओको जन्मदिन पारेर तीन बुादे सहमति आएको छ । जसले संसदीय भाषमा जानथालेका कम्युनिष्ट पार्टीहरुभित्र रहेका देशभक्त तथा क्रान्तिकारीहरुबीचमा एउटा आशाको सन्देश दिएको छ । र वक्तव्यमा यो ‘वाम गठबन्धन’ नभई एउटा संसदवादी प्रतिक्रियावादी गठवन्धन भएको स्पष्ट पारेको छ र भविष्यमा गरिने क्रान्तिकारी आन्दोलनहरुमा कार्यगत एकताका साथ आन्दोलन गर्ने सहमति गरेर राम्रो काम गरेको छ र आवश्यकता छ यो परिवर्तनकारी तथा प्रगतिशील गठबन्धनमा ‘वाम गठबन्धन’भन्दा बाहिर रहेका अन्य कम्युनिष्ट पार्टीहरु–रोहित, सिपी, कट्टेल, साध्यबहादुर आदिको नेतृत्वको पार्टी तथा समूहहरुलाई पनि यस्तो कार्यगत एकतामा सम्भव भएसम्मका विषयहरुमा एकतावद्ध गर्दै अगाडि बढ्नु आवश्यक छ । ‘वाम गठबन्धन’भित्रको राष्ट्रिय जनमोर्चालाई पनि यसमा समाहित गर्न पर्ने आवश्यकता छ । यद्यपि अब यो दल संसदवादमा एमालेको पुच्छर छाडन चाहन्छ कि चाहन्न हेर्न आवश्यक छ । तैपनि सकेसम्मको प्रयास आवश्यक छ किनभने बैठकले यसलाई आफ्नो् मित्र शक्तिका रुपमा हेर्ने निर्णय पनि गरेको छ ।
नेपालको जलस्रोत खासगरी माथिल्लो कर्णाली, कोशी अपरडयाम्, अरुणआदि नदीमाथि भारतीय हैकमको निरन्तरतालाई तोड्नका लागि पनि ‘वाम गठबन्धन’को सरकारलाई बलियो दबाब दिन आवश्यक छ र यसो नगरे त्यसको प्रतिक्रियावादी चरित्रलाई जनताको बीचमा नांगेझार पार्न सकिन्छ । त्यसैले अबको लागि नयाा वैकल्पिक राजनीति शक्तिको आवश्यकता छ र त्यो सम्भावना टरिकेको छैन । जसको नेतृत्व नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (विप्लव)लगायत अन्य देशभक्त तथा क्रान्तिकारीबीचको एकताबाट मात्रै सम्भव देखिएको छ । यसरी नेपालको भावी राजनीतिलाई जनताको बीचमा ल्याउनका लागि राष्ट्रियता, वर्गसंघर्ष र जातीय उत्पीडनका लागि गरिने वर्ग संघर्ष र सडक संघर्षको विकल्प छैन । र यसले नेपालको राजनीतिमा केही महत्वपूर्ण परिवर्तनहरु आउने सम्भावनालाई नकार्न सकिदैन् । त्यसको नेतृत्व पनि क्रान्तिकारी कम्युनिष्टहरुकै हातमा गएको छ । र यसका लागि क्रान्तिकारी कम्युनिष्टहरु बीचको एकता अनिवार्य शर्त बन्न गएको छ । र यस्तो मोर्चाको काम केबल संसदीय व्यवस्थाको विरोधमात्रै नभई क्रान्तिका बाँकी कार्यभारहरुलाई क्रान्तिमार्फत सम्पन्न गर्ने हो । [email protected]

  (- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here