पार्टी एकताका निम्ति ‘किरण’ र ‘विप्लव’बीच तीन बुँदे सहमति
काठमाडौं / संसदवादी राजनीतिक दलहरु सत्ता जोडघटाऊमा तल्लीन भइरहेका बेला समानान्तर सत्ताको कसरतमा रहेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र मोहन वैद्य ‘किरण’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)बीच पार्टी एकता तथा ध्रुवीकरणका लागि पहल गर्ने निर्णय भएको छ । दुवै नेताले हस्ताक्षर गरी संयुक्त प्रेस वक्तव्य जारी गरेका छन् । वक्तव्यमा तीन बुादे सहमति सार्वजनिक गरिएको छ । १२४औं माओ दिवसको अवसर पारेर विप्लव र किरण दुवै नेताले जारी गरेको संयुक्त वक्तव्यमा दुवै पार्टीका शीर्ष नेताहरुबीच हालै सम्पन्न भएको एक उच्च स्तरीय बैठक यस्तो निष्कर्षमा पुगेको उल्लेख गरिएको छ ।
दुवै नेताद्वारा संयुक्त दस्तखत गरिएको वक्तव्यमा कथित प्रतिनिधिसभा र प्रदेशसभासम्म आइपुग्दा दलाल पुाजीवादी र संशोधनवादी पार्टीहरुबीच गठबन्धन र एकता नयाास्तरमा पुगेको उल्लेख छ । माओवादी केन्द्र एमालेमा पतन भएको उल्लेख गर्दै संयुक्त वक्तव्यमा नेपाली कांग्रेसले दलाल पुाजीवादी तथा पश्चगामी पार्टीहरुलाई गोलबन्द गर्न पहल गरेको निष्कर्ष पनि संयुक्त वक्तव्यमा निकालिएको छ । वक्तव्यमा भारतीय शासकवर्गले एकातिर सन् १९५० को असमान सन्धि हुादै देउवा सरकारसागको ४६ बुादे सहमतिसम्म पुग्दा देशका महत्वपूर्ण नदीहरु भारतलाई हस्तान्तरण गरिएको स्मरण गर्दै कोशी, गण्डकी, महाकाली, कर्णाली र अरुणजस्ता ठूला नदीहरुमा भारतले हस्तक्षेप गर्न पुगेको र सीमा अतिक्रमणलगायत आर्थिक, राजनीतिक तथा सांस्कृतिक हस्तक्षेप गरेको आरोपसमेत लगाइएको छ । भारतीय हस्तक्षेपका विरुद्धमा र राष्ट्रिय स्वाधीनता तथा जनतान्त्रिक अधिकार तथा पेशागत हकअधिकारका लागि संयुक्त संघर्ष सञ्चालन गर्ने निर्णय भएको पनि संयुक्त वक्तव्यमा उल्लेख छ ।
विश्व राजनीतिमा पछिल्लो समय अमेरिकालगायत साम्राज्यवादी मुलुकहरुले उत्तरकोरियामा गरिरहेको अमानवीय नाकाबन्दीको विरोध गरिएको छ भने प्यालेस्टानको भूभागभित्र पर्ने जेरुसेलमलाई इजरायलको राजधानी घोषणा गर्ने अतिक्रमणकारी कदम र विश्वव्यापी रुपमा साम्राज्यवादीहरुले गरिरहेका अतिक्रमण हस्तक्षेपका विरुद्ध समेत संयुक्त संघर्ष गर्ने निर्णय गरिएको संयुक्त वक्तव्यमा उल्लेख छ ।
दुवै पार्टीको आन्तरिक निर्णयपछि बसेको उच्चस्तरीय नेतृत्वको संयुक्त बैठकले क्रान्तिकारी धारका कम्युनिष्ट पार्टीहरुबीच संयुक्त मोर्चा र पार्टी एकताका लागि पहल गर्ने निर्णय गरेको सूत्रले जनाएको छ । सूत्रका अनुसार सुरुदेखि नै संघीयताको विरुद्धमा रहेको नेकपा (मसाल) र महाकाली सन्धिलगायत भारतसाग भएका असमान सन्धिसम्झौताको विरुद्धमा एमालेबाट विभाजित भई बनेको नेकपा (माले)लगायतका कम्युनिष्ट धारका पार्टीहरुसाग पार्टी एकताका निम्ति पहल भइरहेको छ । वाम गठबन्धनका नामबाट चुनाव लडेका नेकपा (एमाले) र नेकपा (माके) बाहेक सबै कम्युनिष्ट पार्टीहरुलाई पार्टी एकीकरणका लागि पहल गर्ने निर्णय पनि वैद्य र विप्लवबीच भएको सूत्रले जनाएको छ । संयुक्त वक्तव्यमा नसमेटिएको यो विषय आन्तरिक रुपमा दुवै पार्टीले निर्णय गरेको समेत सूत्रले जनाएको छ । संयुक्त वक्तव्यको पूर्ण अंश यस प्रकार छ :–


















