काठमाडौं । नेपाल बंगलादेश बैंकको इटहरी शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत माया घर नेपाललाई वृद्धाश्रम निर्माणका लागि रु. ५५ हजार ५ सय ५५ सहयोग गरेको छ । उक्त सहयोग रकम बराबरको चेक बैंकका शाखा प्रमुख बिष्णुराज रायमाझीले संस्थाका कोषाध्यक्ष शान्ता न्यौपाने लाई हस्तान्तरण गरेका हुन् ।
इटहरीमा सामाजिक कार्यका क्षेत्रमा सकृय महिला दिदी बहिनीहरूको अगुवाइमा स्थापित उक्त सामाजिक संस्था माया घर नेपाल ले इटहरी उपमहानगरपालिका वडा नं.२, हवाई चोकमा वृद्धाश्रम बनाउने उद्देश्यले पुस ८ गतेदेखि १५ गते सम्म श्रीमद्भागवत जीवनदर्शन ज्ञान महायज्ञ सञ्चालन गरिरहेकोमा उक्त सहयोग बैंकका शाखा प्रमुखले सोही महायज्ञ स्थल गएर प्रदान गरेका थिए ।


















