नागरिकता विधेयक कति सही र गलत छ याे जनताको विवेकले ठम्याउने विषय हाे : नेता केसी

58

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले राष्ट्रपति विद्यादेवी भण्डारी नागरिकता विद्येयक प्रमाणिकरण गर्ने विषयमा संवैधानिक दायित्वबाट पछि हट्नु नै संविधानको ठाडो उल्लंघन भएको जनाएका छन् ।

प्रतिनिधि र राष्ट्रियसभाले दोस्रो पटक पारित गरेर पटाएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरेर संविधानवादको हुर्मत लिएको नेता केसीको धारणा छ ।  बुधबार विहान समाजिक सञ्जालमार्फत राष्ट्रपतिको पछिल्लो कदमको विरोेध गर्दै उनले नागरिकता विधेयक कति सही र गलत छ ? यो जनताको विवेकले ठम्याउने र संसद तथा सरकारको जिम्मेवारीको विषय भएको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘किटानी संवैधानिक व्यवस्थाको गम्भीर उलङ्घन गर्दै संवैधानिक राष्ट्रपतिले अस्वीकृत गर्नु संविधान र लोकतन्त्र,शक्ति सन्तुलन,नियन्त्रण र पृथकीकरण तथा संविधानवादको हुर्मत लिएको छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here