काठमाडौं । आगामी वैशाखमा ‘नेपाल १४औं अन्तरराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७५’ हुने भएको छ । ‘नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’ र ‘उद्योग गरौं, उद्यमी बनौं, उठाऔं नेपाल’ मूल नाराका प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा वैशाख १४ देखि १८ गतेसम्म महोत्सव सञ्चालन हुने बताइएको छ ।
आयात प्रतिस्थापन र निर्यात प्रवर्धनका लागि लघु, घरेलु तथा साना उद्योगको विकास गर्ने उद्देश्यका हुन लगेको मेलाको आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ रहेको छ । देशभरका ३ लाख लघु, घरेलु तथा साना उद्योगलाई प्रदर्शनीमार्फत प्रतिबिम्बित गरिने महासंघका अध्यक्ष श्यामप्रसाद गिरिले बताए । मुलुकको समृद्धिका लागि घरेलु उद्योगको भूमिका महत्वपूर्ण रहेकाले मेला आयोजना गर्न लागिएको उनको भनाइ छ ।
















