नवनिर्मित कर्पोरेट कार्यालयको उद्घाटन

186

काठमाडौं । ग्लोबल आइएमई बैंकले ११औा वार्षिकोत्सवको अवसरमा बैंकको नवनिर्मित कर्पोरेट/रजिष्टर्ड कार्यालयको उद्घाटन गरिएको छ । कार्यालयको नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले मंगलबार उद्घाटन गरेका हुन् ।
सन् २००७ मा वीरगञ्जमा रजिष्टर्ड कार्यालय राखी स्थापना भएको ग्लोबल आइएमई बैंकले स्थापनाको ११ वर्षमा नै आफ्नै कर्पोरेट/रजिष्टर्ड कार्यालय स्थापना गर्न सफल भएको हो । समारोहमा गभर्नर डा. नेपालले स्थापनाको छोटो समयमा नै आफ्नै लगानीमा कर्पोरेट/रजिष्टर्ड कार्यालय खोल्न सफल भएकोमा ग्लोबल आइएमई बैंकलाई बधाई ज्ञापन गरे ।
बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्थापनाको ११ वर्षभित्रमा नै बैंकले प्राप्त गरेका विभिन्न सफलताहरूको श्रेय सम्पूर्ण ग्राहक महानुभावहरू, सेयर होल्डर, शुभचिन्तक तथा कर्मचारीहरूलाई दिदै आगामी दिनमा अझ उत्कृष्ट सेवा प्रदान गर्दै जाने प्रण ब्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here