राज्यलक्ष्मी शाक्य
भूकम्पका कारण काठमाडौं उपत्यकाका तीनै जिल्लामा पुरातात्विक सम्पदाहरूमा ठूलो क्षति पुगेको छ । ती सम्पदाहरूको अहिले पुनर्निर्माण भइरहेको छ । कतिपय सम्पदाहरूको पुनर्निर्माण सम्पन्न भइसकेको छ भने केही पुनर्निर्माणको चरणमा छन् । कतै भने विवादका कारण पुनर्निर्माण सुरु हुन सकेको छैन । सांस्कृतिक सम्पदाहरूको पुनर्निर्माण गर्दा पुरानो शैलीलाई अपनाउने कि केही आधुनिकता पनि दिने भन्ने विषय केही समय चर्चामा रह्यो । पुरातत्वविद्हरूले सांस्कृतिक सम्पदालाई पुरानै शैलीमा निर्माण गर्नुपर्ने दबाब दिादै आएपछि मात्र यो सम्पदालाई पुरानै शैलीमा निर्माण गर्ने प्रतिवेदन पेश भएको छ । यद्यपि, सम्पदा निर्माणमा जिम्मेवार निकायका उच्च पदाधिकारी भने केही सम्पदाको पुनर्निर्माण आधुनिक तवरले गर्ने तयारीमा हुादा यसले विवाद पनि निम्त्याएको थियो ।
सांस्कृतिक सम्पदाको रूपमा परिचित मल्लकालमा निर्मित रानीपोखरीको पुनर्निर्माणको विषयले ठूलो चर्चा पायो । विशेषगरी रानीपोखरीको पुनर्निर्माण कसरी गर्ने विषयले विवाद पनि निम्त्यायो । पुनर्निर्माणको जिम्मेवारी पाएको काठमाडौं महानगरपालिकाले यो पोखरीलाई आधुनिक तवरले निर्माण गर्ने थालनी गरेको थियो । पोखरीको पिाधमा ढलान, कंक्रिटको प्रयोग, छेउछाउमा कफि शपको योजनामा पुनर्निर्माण हुन थालेको थाहा पाएपछि पुरातत्वविद् तथा संस्कृतिविद्ले यसको जोडदार विरोध गरेका थिए । महानगरपालिकाकै मेयर र उपमेयरबीच पनि यस विषयमा मत बाझिादा पुनर्निर्माणको काम स्थगित भएको छ भने अन्तत: मल्लकालीन शैलीमै यस पोखरीको पुनर्निर्माण गर्ने निर्णय गरिएको छ ।
रानीपोखरी काठमाडौं नगरको मध्यमा अवस्थित एक मानव निर्मित पोखरी हो । ऐतिहासिक राष्ट्रिय सम्पदा रानीपोखरी काठमाडौंमा छ । यो सुन्दर पोखरीको पूर्वमा राणा प्रधानमन्त्री श्री ३ बीर शमशेर राणाले बनाएको घण्टाघर, राणा प्रधानमन्त्री श्री ३ चन्द्र शमशेर राणालेबनाएको त्रि चन्द्र कलेज छ्न् भने पश्चिममा नेपालकै सबै भन्दा पुरानो विद्यालय दरबार हाईस्कूल रहेको छ । त्यस्तै उत्तरमा बिश्वज्योती सिनेमाघर छ भने दक्षिणमा रत्नपार्क छ । रानीपोखरीको बिचमा बालगोपाल महादेवको मन्दिर छ, यो मन्दिर बर्षमा एक दिन तिहारको भाइटिकाको दिनमा मात्रै खुल्ला हुन्छ । रानीपोखरीलाई वरिपरि फलामको बारले बारिएको छ । रानीपोखरीको बारभित्र ठूलो हात्ती र त्यसमाथि राजा प्रतापमल्ल, रानी र छोराको मूर्ति स्थापित गरिएको थियो । आफ्नो माइला छोरा चक्रवर्तेन्द्र मल्लको मृत्युपश्चात राजा प्रताप मल्लले शोकाकूल रानीलाई खुसी तुल्याउने उद्देश्यले ई.सं. १६६५मा उक्त पोखरी निर्माण गरेका थिए । पोखरीको दक्षिण किनारमा हात्तीको मूर्तिमाथि आफू र आफ्ना दुई छोरा मोहिपतेन र चक्रवर्तेन्द्रको सालिक पनि राजा प्रताप मल्लले निर्माण गराएका थिए । एक सय असी मिलर लम्बाइ र १४० मिटर चौडाइ रहेको सो पोखरीले ६२ रोपनी १३ आना क्षेत्रफल ओगटेको छ । वि.सं. १९९०को भूकम्पमा मन्दिरको गजुर भत्केपछि जुद्धशमशेरले रानीपोखरी मन्दिरलाई अहिलेको स्वरूप दिएका हुन् । वि.सं. २०७२ साल वैशाख १२ गतेको ७.८ रेक्टरको विनाशकारी भूकम्पमा मन्दिरको गजुरसहित मन्दिर क्षति भएको थियो । भूकम्प गएको एक वर्ष पारी २०७३ वैशाख १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्निर्माणको शिलान्यास गर्नु भएको थियो ।
रानीपोखरी एउटा उदाहरण हो, हामीले आफ्ना सम्पदाहरूको पुनर्निर्माण कसरी गर्दै छौं भनेर । सम्पदाहरू भनेका इतिहासका परिचायक हुन् । यिनै सम्पदाहरू नै पर्यटकका लागि आकर्षण हुन् । काठमाडौं उपत्यकाका विभिन्न दरबार स्क्वायरहरू विश्वसम्पदा सूचीकृत छ । पुरानो र महत्वपूर्ण भएकाले नै यी सम्पदाहरू विश्वसम्पदा सूचीमा सूचीकृत भएका हुन् । यी भनेक हाम्रो विगतको अस्तित्व पनि हो । हाम्रो पुर्खा र पूर्वजहरूको जानकारी लिने गतिलो माध्यम पनि हो । त्यसकारण पनि हामीले हाम्रो सम्पदालाई जोगाइराख्न जरुरी छ । त्यसका लागि पुरानै शैलीमा हाम्रा सम्पदाहरूको पुनर्निर्माण हुन जरुरी छ । विश्वका थुप्रै देशमा पुरातात्विक सम्पदाको संरक्षण तथा प्रचारप्रसार गरी पर्यटकलाई आकर्षण गरिएको पाइन्छ । तर, हामी भने त्यसको ठीक विपरीत बाटोमा हिाड्न खोज्दै छौं भन्ने यो घटनाले देखाएको छ । हामी हाम्रै अस्तित्वलाई मेट्न खोजिरहेको यो प्रकरणले स्पष्ट पारेको छ । त्यसकारण नेपालीको अस्तित्व जोगाउनका लागि भए पनि पुराना सम्पदाहरू बचाउनु जरुरी छ । यिनीहरूलाई पुरानै शैलीमा निर्माण तथा पुनर्निर्माण गर्नु उपयुक्त हुनेछ ।
rajyalaxmishakya@gmail.com (- जनधारणा साप्ताहिक)
















