हुम्लाको दुदेदह लेकबाटै देखिन्छ, कैलाश पर्वत

299

 डा. दीपेन्द्र रोकाया
भूमिका
नेपाल प्राकृतिक, साास्कृतिक, साहसिक, ऐतिहासिक तथा धार्मिक दृष्टिबाट विश्वकै एक प्रमुख गन्तब्य मानिएको देश हो । पर्यटकीय गन्तब्यहरूको विविधिकरण गर्दै नयाा पर्यटकीय स्थलहरूको पहिचान, विकास तथा पर्यटकीय पूर्वाधारहरूको निर्माण गरी पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारको रूपमा विकास गर्न जरुरी छ । पर्यटन प्रवद्र्धनको माध्यमबाट स्थानीय रोजगारीका अवसरमा वृद्धि गरी गरिबी न्युनिकरण गर्दै जनताको जीवनस्तरमा सुधार गर्न आवश्यक छ ।
हाम्रा छिमेकी मुलुकहरूको मध्यम आय भएको ठुलो जनसंख्या र उच्च आर्थिक वृद्धिबाट सिर्जित अवसरबाट लाभ प्राप्त गरी नेपालमा पर्यटन आगमन दु्रततर रूपमा वृद्धि हुने राम्रो संभावना रहेको छ । यसबाट उच्च रोजगारी सिर्जना गरी आय वितरणमा सहयोग पुग्ने देखिएकाले समग्र विकासमा पछि परेको हुम्लाको सर्केगाड गाउापालिकामा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढाउने, उनीहरूको बसाई लम्ब्याउने र पर्यटकहरूले उल्लेखनीय रूपमा खर्च गर्ने वातावरण सिर्जना कसरी गर्न सकिएला ? भन्ने उद्देश्यले पर्यटन विकासको माध्यमबाट यहाा प्रत्यक्ष रोजगारी बढाउने र विदेशी मुद्रा आर्जन गर्ने अवस्थाको खोजी गरियो ।

 

सवल पक्ष
यस क्षेत्र पर्यटकीय आर्कषक गन्तब्य बन्छ भन्ने आधारहरू प्रशस्तै छन् । दुदे दहको लेकबाट उत्तरी हिमाली क्षेत्रको रल्लिङ, पञ्चमुखी हिमाल, लेक धिगा, खोच्च्यार माथिको लहगारको लेक, गुर्लामन्दता लेक हुादै त्यसको पुछारमा रहेको क्षितिजमा कैलाशको पूर्वी भाग देखिन्छ । सैपाल र अपि हिमाल नजिकै देखिन्छ । बाजुराको पौरख्या लेक, कालिकोटको महाबु लेक, जुम्लाको डंसिल्या लेक, डोल्पाको चाखुर्‍या लेक र उत्तरतिरको चाङ्ला भञ्ज्याङदेखि नारा लेकसम्म हेर्दा पुरै कर्नाली उपत्यका देखिन्छ । ऐतिहासक कालदेखि यदि मानसरोवर जान नसकेको खण्डमा प्रत्येक वर्षको साउन पुर्णिमाको समयमा यहाा नजिकै रहेको दुदेदहमा नुहाउने चलन रहेको छ । यसलाई सर्केगाड र खार्पुनाथ गाउापालिकाका धामी डााग्रीले सानो मानसरोवरको रूपमा मान्दै आएका छन् । दुदेदह आसपासमा अन्य चार ताल छन् । ति हुन्, नौमुले दह, डिब्या दह (काली दह), तामे दह (ताउला गाग्रा), मुसा साप्लो दह छन् । यसका अर्को तर्फ नर्‍या दह, लामा दह र पुनाल्यामा चार वटा दह देख्न सकिन्छ । उत्तरी क्षेत्रमा रहेको धेल्याखौलो छ । यसै लेकबाट चिनियाा साास्कृतिक कालमा भोटेहरू भागेर नेपाल पसेका थिए । प्राकृतिक रूपमा एउटा सिंगो पहाडमा प्वाल परेको छ । त्यसलाई भिउदुलो भन्ने गरिन्छ । बुढापाकाले यसलाई जुम्लाबाट भिमसेनले हानेको ढुङ्गाले यस पहाडाई छेडेर सिमकोटको सिममा परेको भन्ने गर्दछन् । नजिकै सुनपानी, नुनखानी, थुम, थाक्नाको दर्शन ढुङ्गा खानी, छिन्ट्या ढुङ्गा र वाइथलामा पंचमी मेला लाग्ने देवीतीर्थहरू छन् ।

 

दुर्वल पक्ष
जे जति तथ्य जानकारीमा आएका छन् । तिनको तुलनामा यस क्षेत्रलाई पर्यटकीय गन्तब्य बनाउनका लागि दुर्वल पक्ष पनि छन् । यस क्षेत्रको वास्तविक संभावनाहरूलाई हेरेर प्रचार प्रसार गर्न सकिएको छैन । यसै कार्यका लागि निरन्तर पहलकदमी लिने अगुवाको कमी देखियो । सरकारी तथा गैर सरकारी निकायबाट कुनै सहयोग प्राप्त भएको देखिएन । पर्यटकीय रूपमा देखिएको आर्कषक संभावनालाई अवसरमा बदल्ने योजनाको खााचो रहेको पाइयो । स्थानीय थपाल्या ब्यासी समुदाय र दलित समुदाय सिधा, साधा र सोझो हुनुले उनीहरूले काही कतै पहुाच बढाउन सकेको देखिएन । आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आर्कषित गर्ने कला र पूर्वाधार बनेको पनि पाइएन ।

अवसर

यस क्षेत्रका आफ्नै खालका दुर्वल पक्ष भएपनि ती अज्ञानताको कारण भएका कमजोरीहरू हुन् । अब यसलाई पर्यटकीय आकर्षक गन्तब्य बनाउनका निमित्त बलिया अवसरहरू रहेका देखिन्छन् । हुम्लाको आर्कषक गन्तब्यस्थल दुदेदह डााडामा नपुगेमा जिन्दगीको एउटा पाटो छुटेजस्तै लाग्ने अनुभव हुने देखिएको छ । जहाा पुग्नका लागि सिमकोटबाट जान परेमा पशुपतिनाथ, मुक्तिनाथजस्तै तर विभिन्न कारणले ओझेलमा परेको खार्पुनाथ मन्दिरसम्म गाडीबाट र त्यहााबाट र्‍याफ्टिङमा याङ्चुकुना र त्यहााबाट दुर्पा हुादै मारघोर भएर पुग्न सकिने छ । अर्को बाटो रारा, चंखेली, सर्केगाड, रादेउ भएर पुग्न सकिन्छ ।
हुम्लालाई परापूर्व कालदेखि देवपुरी हुम्लाको रूपमा ब्याख्या विश्लेषण गरिदै आएको पाइन्छ । यस आधारमा पाक्सिवारादेखि मारघोर लाग्ना (भञ्ज्याङ) सम्मको उपर्युक्त भूगोलमा देवपुरी हुम्लाको प्रतिमा स्वरूप बाह्रदेउ बाह्रतले भ्यु टावर निर्माण गरी हिमवत्खण्डको केन्द्र निमार्ण गर्न सकिने देखिन्छ । यस कार्यले उत्तरको मानसरोवर कैलाश, दक्षिणमा गंगाको मैदानी भाग, पश्चिममा काश्मिर र पूर्वमा विश्वको सर्बोच्च शिखर सगरमाथासम्म दुरविनको सहायताले अवलोकन गर्न सकिन्छ । यसबाट दक्षिण भारतका अधिकांश हिन्दुजनले स्वर्ग पुग्ने सजिलो ठाउा भेटाउने छन् । किनकि सबैले तिब्बत छिर्न सम्भव छैन ।
धेल्याखौला हुादै छोपाहरू चिनियाा साास्कृतिक क्रान्तिताका भगेर आएको ऐतिहासिक अध्ययनबाट जानकारी पाइएको छ । यस्तै शिकारी र जडिबुटी खोज्न गएकाहरूले पोरीवन तथा लुप्र्यातिर आउजाउ गरेको अनुभवका आधारमा सर्केगाड गाउापालिकाले ८ नं. वडाको दोभानधारालाई आधार बनाएर तिब्बतको अदुङ नाका खोल्न सकेमा औषधीको रूपमा मोल पाउने स्थानीय अर्गानिक उत्पादन तथा जडिबुटी निर्यात गरी आर्थिक सम्पन्नताको मार्ग खुल्ने संभावना देखिएको छ ।

निष्कर्ष
स्थलगत अध्ययनबाट दुदे दहको लेकबाट कैलाश पर्वत देखियो । यसलाई दुविनबाट हेर्ने ब्यवस्थित स्थान निर्माण गर्न सकेमा सबै मान्छे तिब्बत जान सक्तैनन्, उनीहरूको लागि पर्यटकीय गन्तब्य बन्न सक्तछ । यसो त कर्नाली उपत्यका अवलोकन गर्ने केन्द्र निर्माण गर्न सकिने देखिएको छ । यहाा प्राकृतिक रूपमा सिंगो पहाडी सुरुङको रूपमा रहेको भिउदुलो, सानो मानसरोरका रूपमा रहेको दुदेदह, सुनपानी, रुग्यानी, तोरामाटा, धौलापानीजस्ता खर्कहरू, शिवथला, थुमजस्ता तीर्थस्थल घुम्न र नुनखानी तथा दर्शन ढुङ्गाका खानी अवलोकन गर्न सकिन्छ ।
यसो त देवपुरी हुम्लालाई हिमवत्खण्डको केन्द्रका रूपमा स्थापित गरी दक्षिण एसियामा एक अर्को धार्मिक गन्तब्य निर्माण गराउन सकिने प्रवल संभावना रहेको छ । किनकि रादेउवाशीले रादेउ, महादेउ, झादेउ, झ्या रानी, झ्या गल्बालाई आफ्नो इष्ट देवताको रूपमा मान्दछन् । स्थानीयवाशीको भनाईमा महादेव यहीका निवासी हुन्, उनैले जंगली अवस्थाबाट कृषि युगको शुरुवात गाउामाथिको शेरी ज्युलामा पहिलो पटक जौं उमारी खाने बनाएकाले जेठो र चोखो अन्न जौं लाई मान्ने गरिएको छ । यो ऐतिहासिकताको वयान गर्न सकियो भने रादेउले अर्को महत्व थप्नेवाला छ ।

(- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here