काेराेना महामारीका कारण ‘कमेडी च्याम्पियन सिजन–२’ बन्द

83

काठमाडाैं । चर्चित रियालिटी सो ‘कमेडी च्याम्पियन सिजन–२’ अनिश्चितकालका लागि बन्द भएको छ ।  कोभिड–१९ को दोस्रो भेरियन्टले सिर्जना भएको असहज परिस्थितीले नयाँ भाग छायाँंकन असम्भव भएपनि शो अहिलेलाई बन्द गरिएको आयोजकले सामाजिक संजाल मार्फत जानकारी दिएका छन् ।

‘कोभिड–१९ का कारण सिर्जना भएको यो स्थितिका बीच हामी तपाईंहरू माझ कमेडी च्याम्पियन सिजन २ का नयाँ एपिसोड पस्किन असमर्थ छौं’ आयोजकले आफ्नो अधिकारिक पेजमा लेखेको छ ‘अहिलेलाई हाम्रो छायाँंकन स्थगित गरिएको छ, तर पक्कै पनि चाँडोभन्दा चांडो नयाँ ऊर्जा सहित आउने नै छौं ।’ आयोजकले सबैलाई सुरक्षित बस्न र आफु र आफन्तको ख्याल राख्न अनुरोध गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here