काठमाडौं / वरिष्ठ पत्रकार जागृत भेटवालको निधन भएको छ । पञ्चायती निरंकुशताको विरुद्ध महत्वपूर्ण योगदान पु¥याएका पत्रकार जागृत भेटवाल ललितपुरको भैंसीपाटीस्थित मेडिसिटी अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । लामो समयदेखि क्यान्सर रोगले पीडित उहाँ अन्तिम अवस्थासम्म पनि राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । दिवंगत अग्रज भेटवालप्रति जनधारणा साप्ताहिक परिवार हार्दिक श्रद्धाञ्जलीका साथै शोक सन्तप्त परिवारजनहरुप्रति हार्दिक समवेदना व्यक्त गर्दछ ।


















