पार्टी एकताबारे सहमति नभएको प्रचण्डबाट खुलासा

151

काठमाडौ / नेकपा (एमाले) र नेकपा (माके)बीचको पार्टी एकता अब झन्झन् असम्भव देखिंदै गएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताका विषयमा पछिल्लोपटक एमाले अध्यक्ष ओलीसँग कुनै सहमति नभएको खुलासा गर्नुभएको छ । दुई दिनसम्म चलेको संसदीय दलको बैठकमा प्रचण्डले मिडियामा आएअनुसार चारबुँदे सहमति नभएको समेत स्पष्ट पार्नुभएको छ । अहिलेसम्म कुनै सहमति नभएको र सहमति भएको खण्डमा सासंदहरूलाई जानकारी गराउने भनेर अध्यक्ष प्रचण्डले आफ्नो पार्टीको संसदीय दलको बैठकमा जानकारी गराएको थाहा भएको छ । यो अवस्थाले एमाले र माके पार्टी एकीकरणको सम्भावना टरेको अनुमान गर्न सकिने भएको छ ।

 
अध्यक्ष प्रचण्डले प्रचारमा आएका एकताबारेका चर्चाप्रति असहमति जनाउँदै केही मिडियाले तथ्य बंग्याएर ओलीसँग सहमति भएको भन्दै गलत समाचार लेखेको आरोप लगाउनुभएको छ । अहिले अन्य दलसँग वृहत गठबन्धन र एकताको विषयमा छलफल मात्र चलेको र त्यसमा कुनै ठोस निर्णय भइनसकेको प्रचण्डको स्पष्टोक्ति आएको छ ।
यसैबीच वर्तमान गठबन्धन सरकारले आगामी आर्थिक वर्षका लागि बजेटको निम्ति आयोजना गरेको बैठकमा माके पक्षधर नेताहरूलाई नबोलाई एकतर्फी रूपमा छलफल गरेको कारणबाट पनि पार्टी एकताको सन्दर्भ स्थगित भएको अनुमान गर्न माओवादी केन्द्रभित्र भइरहेको एक नेताले जनधारणालाई जनाएका छन् ।

(- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here