गोरेले नेताहरुको नाम किन लिएनन् ?

241

काठमाडौं / सुन तस्करीका डन भनेर चर्चाको पात्र बनाइएका चुडामणि उप्रेती ‘गोरे’को गिरफ्तारी नाटकीय त देखियो नै । उनको बयान पनि नाटकीय बनाइएको छ । गोरेले नेपालका उच्चपदस्थ प्रहरी निकायका कर्मचारीहरूको सेटिङमा सुन तस्करी गरेको कुरा खुलासा गरे पनि नेताहरूको नाम उनले उच्चारण गरेनन् । उनले बरु अन्तर्राष्ट्रिय रूपमै चर्चित दाउद इब्राहिमको सुन तस्करीमा संलग्नता दावी गरेर नेपालका नेताहरूमाथि गरिएको आशंकालाई गलत साबित गरिदिएका छन् । नेताहरूको सेटिङबिना प्रहरी अधिकृतहरूले यति ठूला अपराध गर्न नसक्ने दावी व्यवसायीहरूले गरिरहेका छन् । आपूmले ३ हजार ७ सय ६६ केजी सुन भिœयाएको स्वीकार गरेका ‘गोरे’ले दुबईमा आफ्नै नाममा कम्पनी स्थापना गरी संगठित रूपमा कारोबार गर्दै आएको खुलाएका छन् ।

 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २०७४ माघ ९ मा भित्रिएको साढे ३३ केजी सुन बीचबाटै गायब भएपछि त्यसको खोजीका लागि गोरेले ७० लाख रूपैयाँ खर्च गरेको बयानमा उल्लेख गरेका छन् । सुन हराएदेखि सनमको हत्या हुँदासम्मको समय आफूले टोली लिएर भारतको सिलगडी, विराटनगर, काठमाडौं र नुवाकोटसम्म पुगेर खोजी गर्दा सो रकम खर्च भएको उनले जनाएका छन् ।
सुन हराएपछि २ करोड सापट लिएको र त्यसमध्ये ७० लाख जति खर्च भएको उल्लेख गरेका गोरेले सो समयमा उनको सम्पर्कमा हाल थुनामा रहेका प्रहरी र अन्य ब्यक्तिहरूसमेत रहेको खुलासा गरेका छन् ।
जिल्ला अदालत मोरङको आदेशले जेल चलान भएका महानगरीय अपराध महाशाखाका तत्कालीन सई बालकृष्ण सञ्जेललाई विभिन्न समयमा गरी गोरेले ३५ लाख रूपैयाँ दिएको बयानमा उल्लेख गरेका छन् । उनले सञ्जेलसँग आफ्नो निकट सम्बन्ध रहेको भन्दै काठमाडौंमा भित्रिने सुन लुटिनबाट जोगाउन उनैले सहयोग गरेको बयान समितिलाई दिएका छन् । गोरेले बयानमा एसएसपी दिवेश लोहनीसँग समेत आफ्नो पुरानो चिनजान रहेको खुलाएका छन् ।
गोरेलाई नेपाल प्रहरीले भारतीय प्रहरीको सहयोगमा भारतबाटै पक्राउ गरेको सूत्रले दावी गरेको छ ।

(- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here