एमाले–माके एकताबाट ओलीलाई के फाइदा ? प्रचण्डलाई के फाइदा ?

283

कुमबहादुर सिंह
राष्ट्रवाद कि लम्पसारवाद ? यी दुई बीचमा एउटा पेण्डुलमका रूपमा हल्लिएका ओलीले प्रचण्डसित पार्टी एकताद्वारा धेरै उपलब्धि हासिल गरेका छन् । तीमध्ये २०५२ सालदेखि नेपालको राजनीतिमा आफूलाई रिङ लिडरका रूपमा चर्चाको शिखरमा राख्दै आएका पुष्पकमल दाहाल पार्टी एकतापछि सगरमाथाको चुचुरोबाट गल्र्यामगुर्लुम तल खसेका छन् र उनी अब ओलीको निगाहामा आफ्ना इच्छाहरू र आकांक्षाहरूलाई बन्देज गराउन पर्ने अवस्थामा पुगेका छन् ।
यसका लागि अनेकौं उदाहरणहरू बाहिर आएका छन् र भविष्यमा झन् कति आउने हुन्, हेर्ने आँखाहरूको मात्रै खाँचो छ । भर्खरै एमाले र माकेबीच पार्टी एकता गर्दा बनेको पार्टीको केन्द्रीय समितिमा पर्न नसकेका अभागी ८५ जना पोलिटब्युरोका सदस्यहरू आफूहरू जो पोलिटब्युरो सदस्य भएर पनि केन्द्रीय समितिमा पर्न सकेनन्, त्यसलाई लिएर पुष्पकमल दाहालसमक्ष लिखित असन्तुष्टि जनाएको खबर बाहिर आएको छ । राजधानीमा ती सदस्यहरूको गोप्य भेलापछि उनीहरूले सबैको हस्ताक्षरसहितको असन्तुष्टिपत्र पुष्पकमल दाहाललाई बुझाएका छन् र यसबारे उनले ओलीसित विचारविमर्श गरेका छन् र ओलीले उनलाई त्यसलाई लिंगरिंगमै राखिराख्नु भन्ने सल्लाह दिएका छन् । यसरी यसले केलाई स्पष्ट पार्छ भने अब प्रचण्डको हात तल र ओलीको हात माथिको अवस्था आएको छ ।

 

२०५२ सालदेखि सधैंभरि पार्टीभित्रको डाडुपन्यू आफ्नै हातमा राखेको बानी परेका प्रचण्ड अब ओलीले जे दिन्छन्, त्यसैमा सन्तोष मानेर बस्ने अवस्थामा आएको स्पष्ट हुन्छ । विगतमा प्रचण्डले माके बनाउ“दा जनयुद्धका पार्टीका नेता तथा कार्यकर्तालाई पद, पैसा तथा अन्य प्रलोभनद्वारा उनीहरूलाई माओवादीमा विभाजित भएर बनेको मोहन वैद्यको पार्टीलाई अस्तित्वविहीन बनाएर सखाप पार्न चाहन्थे र यही हतियारलाई उपयोग गरेर मोहन वैद्यको पार्टीबाट लोभीपापीहरूको एउटा ठूलो हिस्सा एमाओवादीमा माथिल्लो पद दिएर लैजान सफल भए, तिनै अहिले नवगठित पार्टीको केन्द्रीय समितिमा परिएन भनेर उनलाई धम्की दिइरहेका छन् । त्यो हतियार अहिले उनका लागि बुमे¥यांग बनेर उनैमाथि फर्केको छ । असन्तुष्टहरूका लागि केन्द्रीय समितिमा नेताहरू छान्ने प्रक्रिया र छानिएका पात्रहरूप्रति असन्तुष्टि जनाएका छन् । यसका पछाडिको कारण एउटै हो, त्यो भनेको आफू परिएन भन्ने हो ।

 

यसो हेर्दा यो ८५ जनाको संख्या निकै ठूलो देखिन्छ तर सही मानेमा यो खासमा केही होइन् किनभने विगतमा अरु माओवादी पार्टी खासगरी मोहन वैद्य र सिपि गजुरेललाई कमजोर बनाउनका लागि तिनीहरू सबैले (प्रदेशस्तरका पनि) पिबी सदस्यको पगरी पाएका थिए । एमालेका सबै सिसिएमहरू निर्वाचित थिए भने माकेका त प्रचण्डको स्वविवेकमा ४००० को नरेन्द्रजंग पिटरको शब्दमा हजारीलाल सदस्य बन्न सफल भएका थिए र यस्ता हजारीलालको भविष्य अब प्रचण्डको हातमा नभई ओलीका हातमा परेको छ । हेरु अब ओलीले प्रचण्डलाई मुठ्ठी खोलेर दिने हुन् वा मुठ्ठीलाई दह्रो गरी झन् कस्ने हुन् ? हेर्नै बाँकी छ । तै पनि उनले त्यसलाई लिंगरिंगमै राखिराख्नु भन्ने सल्लाह दिएबाट ओली मुठ्ठी खोलेर दिन तयार छैनन् भन्ने सन्देश दिन्छ । उनलाई थाहा छ, यी असन्तुष्टहरूलाई पद र पैसा दिएर विगतमा प्रचण्डले रोपेको सिस्नुलाई अब बनेको पार्टीमा रोपेर त्यसको पोलाईबाट उनी आफै प्रताडित हुन चाहँदैनन् । [email protected]

(- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here