सामाजिक मिडियाको आधारमा बाँच्ने समाज

248

 डा. दीपेन्द्र रोकाया
कुनै जमाना बाजागाजा बजाउनु, ढुङ्गामा लेख्नु सामाजिक सञ्जालमा जोडिनु हुन्थ्यो, त्यसको रूप बदलिँदै जाँदा सूचना, सञ्चार तथा प्रविधिमा आएको परिवर्तनले सामाजिक सञ्जालमा को छ र को छैन बाट हेर्न थालिने स्थिति सिर्जना भएको छ । सामाजिक सञ्जालका कारण कोही मान्छे सात समुद्र पारी जाँदा उड्न, टान्जिटमा बस्न र पुग्दासमेत २÷३ दिन लाग्न सक्छ, तर एउटा सामाजिक सञ्जालमा लेख्न केही मिनेट लाग्ला तर त्यस सन्देश पोष्ट हुनेबित्तिकै एकै सेकेण्डमा विश्वभरका साथीहरूबीच सञ्चार गराउन पुग्दछ । यसखाले सामाजिक सञ्जालभित्र छिर्न साधारण अर्थ बोध गर्न सक्ने र केही प्रक्रिया जाने पुग्दछ । यसखाले सामाजिक सञ्जालमा नेपालीको लत ह्वात्तै बढेको पाइन्छ ।

 

आजभोलि हरेकले दिनमा कम्तीमा एक पटक फेसबुक नहेर्दा केही नखाएको जस्तो हुने वा कुनै कर्म छुटाएजस्तो हुने बानी बस्न थालिसकेको बताउन थालेको अवस्था छ । अन्तरिक्ष यात्री युरी गागरिनले अन्तरिक्षतिर जाँदा सोभियत संघमा समाजवादी र पूँजीवादी सीमा रेखाको बारेमा निकै ठूलो बहस थियो, तर गागरिनले अन्तरिक्ष यानमा बसेर ५÷६ कि.मी. माथि पुग्दा कुनै सीमा रेखा नदेखेको बताएका थिए । यही सीमारेखाविहीन विश्वलाई एकै गाउँ बनाउन इन्टरनेटले साथ दिएको छ । मान्छेहरूले शक्ति केन्द्रका हिसाबले आफ्ना विश्लेषणहरू गरिरहेका हुन्छन् । हामीले विगतका दिनहरूको सम्झना गर्दा विश्वमा कहिल्यै घाम नअस्ताउने गरी उपनिवेश चलाइरहेको बेलायतको मानचित्र आँखा अगाडि आउँदछ । युरोपेली युनियनबाट समेत छुटिएको बेलायतमा जनताका नोकरहरूले सामाजिक मिडियाको उपयोग गर्दा देखिएको प्रवृति हेरी च्त ज्यल ँचबलअष्क ःबगमभ ले मन्त्रीस्तरीय निर्णय समेत गराउन पुगेको पाइन्छ । उनले क्यअष्ब िmभमष्ब नगष्मबलअभ ायच अष्खष् िकभचखबलतक भनेर ६ बुँदे निर्देशन तथा ५ ध्यान दिनपर्ने सवाल जारी गरेको पाइन्छ । जसअनुसार, निजामती सेवाको कोड, सामाजिक मिडियाको मुद्दा, स्वामित्व र आचारसंहिता, जनतासँगको सहकार्य, खुला नीति निर्माण र सेवा प्रवाह तथा थप सल्लाह र निर्देशन दिने कार्य भएको थियो । यस्तै पोष्ट गरिने विषयको साधारण अर्थ, निजामती सेवा कोडको पालना, आशंका, शुद्धता र स्थायित्व जस्ता सवालबाट विशेष महत्व दिइ हेर्ने गरिएको थियो । यसरी बेलायतमा सामाजिक मिडियामा सरकारी स्तरबाट नियमन भएको थियो । यस विषयमा एकजना लेखकले निजामती सेवामा रहेकाहरूले सामाजिक मिडिया प्रयोग गर्दा फाइदा हुने र उक्त माध्यम प्रयोग गर्नेपर्ने सात कारण उल्लेख गरेका छन् । उनका अनुसार यो सजिलै सुरु गर्न पाइन्छ । यो तत्कालीन माध्यम हो । आफ्ना दर्शकबीच सहजै पुग्न सकिन्छ । यसले सोपानक्रम हेरेर बस्ने सीमामा क्रमभंगता ल्याउछ । आसपासको घटनालाई गुन्जायमान गराई दिन्छ । यो सबै प्रकारका सूचना प्राप्त गर्ने बाटो बन्दछ । यो आफैमा हृदयस्पन्दनको आधार पनि हो । यसो भएकाले जनताका नोकरहरूले सामाजिक मिडियामा आफ्नो पकड राख्न आवश्यक छ भन्ने दाबी उनको रहेको पाइन्छ । केही समय पहिले कर्नाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कार्यालय समयमा फेसबुक चलाउन बन्द गर्ने बताएपछि निकै ठाउँमा बहस भएको थियो । यस विषयमा सिंहदरबारभित्रका कर्मचारीले आफ्नो कम्प्युटरमा हेर्न सक्तैनन्, तर मोबाइलमा भने हेर्न सक्छन् । यसबारे धेरैले आफ्नो कार्यालयका माथिल्ला अधिकारी र सेवाग्राही तथा सरकारी नियम कानुनबारे जनमत बुझ्ने तथा परिस्थितिको आँकलन गर्ने सजिलो माध्यम भनेकै सामाजिक सञ्जालमा पहुँच रहेपछि हुन्छ पनि भन्ने गर्दछन् ।

 

सामाजिक मिडियाका गुणहरू यस्ता छन्, जसले प्रयोगकर्तालाई विश्वको जुन कुनामा भए पनि नजिकै ल्याउने कार्य गरिरहेको छ । विश्वलाई एकै गाउँका वासिन्दाजस्तै बनाउने कार्य यसैबाट सहज भएको हो । वास्तवमा यहाँ ४ वटा अ’ले कमाल नै गरेको छ भन्दा हुन्छ । अयललभअत (जोडेको), अयmmगलष्अबतभ (कुराकानी), अयििबदयचबतभ (सहयोग) र अचभबतभ (सिर्जना) गरेको छ । इन्टरनेटका माध्यमबाट स्थानीय, राष्ट्रिय र विश्वस्तरमा एकैचोटी सहकार्य गर्न पाइएको छ । यसै विषयमा यस पंक्तिकारले विकास गरेको औला सिद्धान्तमा हातका पाँच औलालाई ५ अ को भूमिका हेर्न सक्छौ । जसमा कान्छी औलाबाट क्रमसः बुढी औलासम्म पुग्दा प्रत्येकको कार्य प्रतिनिधित्व देखाउन सकिन्छ । कान्छी औलाले ऋष्चअभि बनाउने, साहिली औलाले ऋयmmगलष्अबतष्यल गर्ने, माझी औलाले ऋभलतचभ निर्माण गर्ने, चोर औलाले ऋयmmबलम गर्ने र बुढी औलाले ऋयलतचय िगर्ने गर्दछ । यो राजनीतिशास्त्र, व्यवस्थापनशास्त्र र खेल सिद्धान्तको प्रयोग गरी सञ्चार सिद्धान्तको परिकल्पनालाई साकार पार्न सकिन्छ । विश्वमा सबैभन्दा बढी चलाइने सामाजिक सञ्जाल भनेकै फेसबुक हो । त्यहाँ लेखिने एउटा स्टाटसले आफुसँग जोडिएका करिब ५००० जनासम्म एकैचोटी सम्बन्ध राख्न सक्नु चानचुने सम्पर्क होइन । यसैले नेपाल सरकारले चौधौ योजनाको आधारपत्र निर्माण गर्दा मुलुकलाई अल्पविकसित मुलुकबाट स्तरोन्नति गरी विकासशील राष्ट्रको पंक्तिमा उभ्याउन सुचना र सञ्चारको महत्वलाई हृदयगम गरी यस क्षेत्रको विकासमा जोड दिनु परेको छ भन्ने सन्दर्भ उल्लेख गरेको पाइन्छ । नेपालको संविधानले सुचनाको हकलाई पनि मौलिक हकका रूपमा संरक्षण र सम्बद्र्धन गरेको अवस्था छ । यस अवस्थामा हरेकले सामाजिक मिडियाको उपयोग गर्न जान्दा विभिन्न कोणबाट फाइदा उठाउन सक्ने देखिन्छ । तर प्रयोगकर्ताको चासो र समाजमा नकारात्मक सन्देशभन्दा पनि सकारात्मक सन्देश फैलाउनमा आफ्नो समय खर्च गर्न लाग्न पर्ने हुन्छ । सामाजिक मिडिया शक्तिशाली बन्नु र उपयोगी मानिनुका कारण हुन्ः यसको प्रयोगले आफ्नो सर्कललाई आफू वरिपरि केन्द्रित गराउँछ । हरेक विचार सही समयमा प्रवाह हुन्छ । यसमा प्राप्त हुने विविधताले ह्याङ हुन दिदैन । सन्देश सजिलै पठाउन मिल्दछ । आफुले चाहेको तस्वीर अपलोड गर्न सकिन्छ । आफ्ना भावना बाँड्न कुनै आइतवार कुर्न पर्दैन । मन परेकालाई आफ्नो स्टाटस वा तस्वीर ट्याग गर्न सकिन्छ । यस्तै आफ्नो प्रोफाइल बनाउन र सम्पादन गर्न सजिलै मिल्दछ ।

 

यसखाले मिडियाले नेटवर्किङ गर्ने, प्रत्यक्ष च्याट गर्न सकिने, भिडियो च्याट पनि हुने, तस्वीर तथा भिडियो राख्न सकिने, समाचार र सूचनाको स्रोत समेत हुने तथा प्रयोगकर्ताको सामाजिक परिचय समेत निर्माण गरिरहेको हुन्छ । सामाजिक मिडियामा छाउनेहरूको प्रवृत्तिगत रूपमा तीन तहमा देखा पर्दछ । एक, सूचना लिन । विभिन्न अध्ययनले नेपालमा पनि सूचनाको भोक र तिर्खा लाग्ने मान्छेको संख्या ह्वात्तै बढेको देखाएको छ । आमसञ्चारका साधनबाट नआएका व्यक्तिगत धारणाहरू पनि फेसबुक, ट्वीट आदिमा हेर्न र देख्न पाइने भएकाले सूचना लिनका लागि सामाजिक सञ्जालमा सहभागिता जनाउनेको संख्या बढ्दो छ । दुई, मनोरञ्जन गर्न । स्रोत र पहुँच भएकाहरूलाई मनोरञ्जनका साधन नपाएर हैरान हुन्छन् । कतिपयलाई मनोरञ्जन गर्ने समय नपाएर हैरान छन् । अर्कोतिर अधिकांशलाई मनोरञ्जनका लागि छुट्टै समय मिलाउन गाह्रो पर्ने गरेको छ । खर्चको जोहो गर्न पनि महंगो हुने हुनाले समय कटाउनका लागि यस्ता सामाजिक सञ्जाल आकर्षणका केन्द्र बन्न गएका छन् । बाख्रा बाख्रातिर र भेडा भेडातिर भनेझै उमेर, रुचि र विषयगत समूहहरूको भेटघाट जम्दै जाँदा संगै बसेको साथीसँगभन्दा टाढा भए पनि सामाजिक नेटवर्किङले गर्दा नजिकै रहेर कुराकानी गरिरहेका हुन्छन् । तीन, आफ्नो पहुँच बढाउन । सामाजिक सञ्जालमा प्रवेश गर्नुको मतलव आफ्नो पहुँच विस्तार गर्नु पनि हो । धेरै प्रयोगकर्ताहरूले मेरा यति साथी छन्, यस्ता छन्, उस्ता छन् भनी विभिन्न खालको बहस चलाइरहेको पाइन्छ । तथ्यहरूले आमसञ्चारका साधनहरू पत्रपत्रिका, रेडियो, टिभी, अनलाइनले समाजका ५ प्रतिशत सम्भ्रान्त वर्गलाई मात्र सम्बोधन गराएको अवस्थामा सामाजिक सञ्जालले ९५ प्रतिशतको पहुँच बढाउन सहयोग गरेको छ भन्ने मान्यता राखिएको पाइन्छ । यसै सम्पर्कका आधारमा आज कोही केही क्षणमै निकै राम्रो काम हात पार्न सफल भएका पनि देखिएका छन् । यसर्थ हाम्रा ऋषिमुनिहरूले तारा, डाँडा, सूर्य हेरेर, भौगोलिक रूपमा लामो अध्ययनपश्चात् निष्कर्ष निकाल्दथे । पछिल्लो नेपाल विस्तार गर्दा पृथ्वीनारायण शाह तथा पश्चिमा जगतको अनुभव लिन जाँदा तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणालाई यो सुविधा प्राप्त थिएन । तर समकालीन विश्व डिजिटल युगमा प्रवेश गरिसकेको छ । समाजमा इन्टरनेट हावी भएको छ । डिजिटल प्रविधिले गर्दा हामी सबै प्रभावित हुन पुगेका छौं । इ–सरकार, इ–व्यापार, इ–बैंकिङ सेवा लोकप्रिय हुन पुगेका छन् । हाम्रा काम, संस्कृति तथा सेवा यसै प्रविधिबाट प्रभावित हुने गरेका छन् । हरेक मिडियाले आफैमा आगोजस्तै पोल्ने, पानीजस्तै सफा गर्ने र तिर्खा मेटाउने कार्य गरिरहेको हुन्छ भने बतासजस्तै सबैतिर फैलिइरहेको हुन्छ । समाजमा विभिन्न प्रकारका मान्छे रहने भएकाले एउटै घटनाका भिन्न प्रस्तुतिका कारण समाचारहरू भिन्नभिन्नै रूपमा प्रस्तुत भएका देखिन्छन् । यसले गर्दा एउटा अखबार पढेर मात्र नपुग्ने स्थिति आएको छ । यसो भए सत्य खोज्न के उपाय निकाल्ने ? भनी हेर्दा जसरी देशको विकासको लागि पहिलो कुरा राज्यले हेर्दथ्यो, राज्यको मनोमानी वा उसको अपुगतामा निजी क्षेत्रले मौका पायो । राज्य र निजी क्षेत्रले पनि भनेजस्तो विकास र सेवा दिन नसक्दा गैरसरकारी संस्थाको उदय भएझैं आम सञ्चारका माध्यमहरूले मनोमानी गरिरहेका बेला सामाजिक मिडियाको आगमनले सत्य कुरा सार्वजनिक गर्न सहज भएको छ । तर यसको प्रयोग सही तरिकाले हुनपर्ने देखिएको छ ।

(- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here