हुकुमबहादुर सिंह
क्रान्तिकारी कम्युनिस्टहरूका लागि ख्रुश्चेभको नव संशोधनवाद विरुद्धको संघर्ष नै अहिलेको पनि मूल ट्रेण्ड हो र अहिले नेपालमा एमालेमा माओवादी केन्द्रको विलयबाट निर्माण गरिएको तत्कालको नेपाल कम्युनिस्ट पार्टी(ने.क.पा.)को समाजवादको मार्गनिर्देशक सिद्धान्त ख्रुश्चेभको नव संशोधनवादका तीन शान्तिपूर्णहरू– शान्तिपूर्ण संक्रमण, शान्तिपूर्ण सहअस्तित्व र शान्तिपूर्ण प्रतिस्पर्धा भएका छन् । जसलाई नेपालमा मदन भण्डारीले अगाडि ल्याएको जनताको बहुदलीय जनवाद (जबज) भनिन्छ । एमाले र माकेको संयुक्त पार्टीले यसलाई अहिले उसको मार्गनिर्देशक सिद्धान्त मानेको छ । यो स्पष्टतः एउटा संसदीय राजनीतिक दलले अपनाउने मार्गनिर्देशक सिद्धान्त हो । के हुन् त ? यीबारे अलिकति विस्तृत व्याख्याको आवशयकता पर्दछ, जसलाई निम्न रूपमा यहा“ प्रस्तुत गरिएको छ र पाठकहरूलाई यसलाई एमाले र माकेको संयुक्त पार्टीले लिने कार्यदिशाबारे स्पष्ट पार्न सहयोग गर्नेछ ।
१. शान्तिपूर्ण संक्रमण ः शान्तिपूर्ण संक्रमणको अर्थ संसदीय व्यवस्थाद्वारा समाजवादतर्फको शान्तिपूर्ण संक्रमण हो । ख्रुश्चेभले प्रस्ताव राख्यो कि वर्तमान युगमा संसद्मा शान्तिपूर्ण रूपले एउटा बहुमत विजयद्वारा समाजवाद प्राप्त गर्न सकिने सम्भावना थियो र अनि समाजवाद ल्याउनलाई सुधारहरू गरेर ल्याउन सकिन्छ । उसले यसरी क्रान्तिको आवश्यकतालाई इन्कार ग¥यो । यो सिद्धान्त वर्नस्टिन र अन्य सामाजिक–प्रजातन्त्रवादीहरूको संशोधनवादको एउटा पुनरावृत्ति थियो ।
२. शान्तिपूर्ण सहअस्तित्व ः ख्रुश्चेभले समाजवादी राज्यको विदेश नीतिको जनरल लाइनको रूपमा भिन्नै सामाजिक प्रणाली भएका राज्यहरूबीच शान्तिपूर्ण सहअस्तित्व प्रस्ताव ग¥यो । उसले यसरी पुँजीवादी राज्यहरूसित शान्तिपूर्ण सहअस्तित्वको लेनिनको नीतिलाई तोडमरोड ग¥यो, जुन सर्वहारा अन्तरराष्ट्रवादको समाजवादी राज्यको विदेश नीतिको केबल एउटा पक्षमात्रै थियो । ख्रुश्चेभले साम्राज्यवादसित शान्तिपूर्ण सहअस्तित्वलाई कायम राख्ने उसको इच्छाबमोजिम सबै अन्य चीजहरूलाई यसको अधीन बनायो । उसले उत्पीडित राष्ट्रहरूको संघर्षलाई मद्दतको नीति र अन्य समाजवादी देशहरूलाई सहयोग दिन र सम्बन्ध बनाउन साम्राज्यवादी शक्तिहरूसित शान्तिपूर्ण सहअस्तित्वको आवश्यकतामाथि आधारित बनायो । यो यसरी केही पनि थिएन, केबल साम्राज्यवादसित साझेदारीको एउटा नीति थियो ।
३. शान्तिपूर्ण प्रतिस्पर्धा ः शान्तिपूर्ण प्रतिस्पर्धा यो सिद्धान्त थियो कि पुँजीवाद र समाजवादबीच अन्तरविरोध पुँजीवादी र समाजवादी प्रणालीबीच आर्थिक प्रतिष्पर्धामार्फत समाधान गरिने छ । यो सिद्धान्तले यसरी साम्राज्यवादको प्रतिक्रियावादी र युद्ध पिपासु चरित्रलाई स्वीकार गर्न इन्कार ग¥यो । यसले भ्रम सृजना ग¥यो कि समाजवादी र साम्राज्यवादी क्याम्पबीचको अन्तरविरोध एउटा प्रतिरोधविहीन अन्तरविरोध थियो, जसलाई संघर्षको शान्तिपूर्ण रूपमार्फत समाधान गरिने छ ।
यसरी ख्रुश्चेभको तीन शान्तिपूर्णहरूको सिद्धान्त एउटा पूरै संशोधनवादी सिद्धान्त थियो, जसलाई उसले अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमाथि लाद्न चाहन्थ्यो । यो साम्राज्यवादसित नजिकको सम्वन्ध बनाउनतिर निर्देशित थियो । उसको योजना कार्यान्वयन गर्न र साम्राज्यवादी शक्तिहरूको स्वीकारोक्ति प्राप्त गर्न, ख्रुश्चेभले साथसाथै व्यक्ति विरोधको नाममा स्तालिनमाथि एउटा विषालु आक्रमण ग¥यो । क्रान्तिकारी सिद्धान्त जुन स्तालिनले खडा गर्नुभएको थियो र यसको लागि लड्नु भएको थियो, त्यसलाई तोड्न विश्वभरिका क्रान्तिकारीहरू र जनसमूहहरूबीच स्तालिनको व्यक्तित्वलाई ध्वस्त गर्नु उसका लागि पहिलो आवश्यकता थियो । यो काम अनेकौं झुटहरू र फरेबहरूको प्रचारप्रसारको एउटा अभियानमार्फत गर्न सकिन्थ्यो । अहिले नेपालमा यही प्रवृत्तिलाई पुनरावृत्ति गरेको छ एमाले र माकेले ।
[email protected]
(- जनधारणा साप्ताहिक)
















