पाँचवटा म्युजिक भिडियोमा अभिनय गरिसकेकी गीत पछाईले कथाको किताव निकालेकी छिन् । सबैलाई चकित पार्दै आठ बर्षको उमेरमा उनले कथाको किताव निकालेकी छन् । अहिले उनी अक्षरा स्कुल कक्षा ३ मा अध्ययनरत छिन् । उनलाई अभिनय, मोडलिङ्ग सँगै कथा लेख्न र पढ्न दुबै मनपर्छ । उनले २२ वटा अग्रेजी बालकथा लेखेकी छन् भने यसलाई नेपालीमा समेत अनुवाद गरिएको छ । गीत भन्छिन् “मैले शुरुमा एउटा कथा लेखेकी थिए अनि मम्मी बाबाले तिमीले राम्रो लेख्यौ भने किताव नै निकालिदिने भन्नुभयो ।” लेख्दै जाँदा २२ वटा भयो । अनि किताव भयो । अब आफु लेखिका हुन पाएकोमा दंग छिन् गीत । आफ्नो कथाको किताव विमोचन हुँदा निकै उत्साहित भएको बताउने गीत फेरि पनि कथा लेखनलाई निरन्तरता दिने जनाएकी छिन् ।
कथा लेख्दा कथा सकेपछि मात्रै टाइटल सोचेर लेख्ने उनको भनाई छ । उनी भन्छिन् आफुले कथाका बुकहरु पढेर लेख्नको लागि प्रोत्साहित भएकी हुँ । मलाई कथाहरु पढ्न मनपर्छ बिशेष गरि अग्रेजी कथाहरु बढी पढ्छु । उनका कथाहरु सरल रुपमा बालबालिकाले बुझ्न सक्नेछन् । यहि असारको २ गते नवनारीको बार्षिकोत्सवको अवसरमा उनको बाल कथा संग्रह द ट्रेजर हन्ट(खजानाको खोजि) नामक बुक बिमोचन भएको हो ।
समाजसेवी तथा गीतकार सुना भण्डारी, पहिलो नायिका भुवन चन्द, टिचिङ हस्पिटलमा कार्यरत पहिलो मृगौला प्रत्यारोपन गर्न सफल महिला डा. दिव्या सिंह शाह, गायिका मीरा राणा, बरिष्ठ साहित्यकार माया ठकुरी, समाजास्त्री डा. बिन्दु पोख्रेल, उद्यमी संगीता कडरिया, सञ्चारकर्मी संगीता पन्त थापा, अधिकारकर्मी कमला नेपाली, कृषि उद्यमी शान्ता बास्कोटा कोइरालाले संयुक्त रुपमा बिमोचन गरेका थिए । उल्लेखित महिलाहरुलाई नवनारीको ११औ बार्षिकोत्सवको अवसरमा नवनारी सम्मानद्धारा सम्मान समेत गरेको थियो । उनको कितावलाई ब्रदर्स बुकले प्रकाशन गरेको हो ।


















