संशोधनवादी कागजी बाघविरुद्ध बहसको थालनी गरौं !

337

हुकुमबहादुर सिंह
ओली–दाहालको गठबन्धनले ख्रुश्चेवको नेपालमा पुनरावृत्ति घोषित रूपमा भएको सन्देश दिएको छ । यसको पुनरावृत्ति नेपालमा मदन भण्डारीद्वारा तीनदशक अगाडि नै भित्र्याइएको जनताको बहुदलीय जनवाद (जबज) र त्यसैलाई ओलीले बोकेर हिँडेका थिए र उनीहरूका लागि यो सबै नया“ थिएन तर नया“ यहा“ के भएको छ भने दशवर्षे माओवादी जनयुद्धका ‘नायक र सहनायकहरू’को एउटा ठूलो हिस्सा यो संशोधनवादी ज्वाराभाटामा सम्मिलित बनेको छ । र ख्रुश्चेवी नवसंशोधनवादीहरूले जस्तै ओली–दाहालले घोषणा गरेका छन् कि नेपालमा सर्वहाराको अधिनायकत्व अब ज्यादा आवश्यक छैन र नेपाल कम्युनिष्ट पार्टी अब सर्वहाराको अग्रदस्ताका रूपमा होइन बरु अब यो ‘सबै जनताको राज्य’को सिद्धान्त र ‘समग्र जनताको पार्टी’का रूपमा स्थापित गरिनेछ ।

हामीलाई थाहा छ, अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा ख्रुश्चेवले अगाडि सारेको तीन शान्तिपूर्णहरू– शान्तिपूर्ण संक्रमण, शान्तिपूर्ण सहअस्तित्व र शान्तिपूर्ण प्रतिस्पर्धाका विरुद्ध माओको क्रान्तिकारी धार अगाडि आयो, जसले साम्राज्यवाद, युद्ध र शान्ति, सर्वहारा क्रान्ति र सर्वहाराको अधिनायकत्वमाथि लेनिनवादका आधारभूत सिद्धान्तहरूलाई उचो गर्दै ल्याउने महान् काम ग¥यो । र, उक्त कदम माओले तत्कालीन सोभियत कम्युनिष्ट पार्टीको मूलतः ख्रुश्चेवी नवसंशोधनवादी अवस्थितिहरूको विरोध गर्दै अगाडि बढाउनु भएको हो । यद्यपि संशोधनवादीहरूले उनीहरूका संशोधनवादी अवस्थितिहरू अझ ज्यादा व्यवस्थित र बलियो बनाउँदै अहिलेको अवस्थामा ल्याइपु¥याएका छन् । र, नेपालमा अहिले ओली–दाहाल गठबन्धनद्वारा आजभन्दा करीब ५७ वर्ष अगाडि (१९६१)मा आयोजना गरिएको सोभियत कम्युनिष्ट पार्टीको बाइसौं कंग्रेसमा स्वीकृत गरिएको कार्यक्रम, जसले माक्र्सवाद–लेनिनवादको मूलमर्मलाई संशोधन गरेको थियो, मूलतः सर्वहारा क्रान्तिका सिकाइहरू, सर्वहाराको अधिनायकत्व र सर्वहाराको पार्टी आदिमाथि संशोधन गरेको थियो, तिनैलाई माक्र्सवाद–लेनिनवादको जामा पहि¥याउने काम अहिले ओली–दाहाल गठबन्धनले गर्दै छ ।
जुन १९६३ र १९६४ भरि निरन्तर चलेको त्यो संघर्ष, जसलाई महान् बहसका रूपमा अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा प्रसिद्ध बनेको छ । यो महान् बहस विश्व कम्युनिस्ट आन्दोलनका लागि अति नै ऐतिहासिक महत्वको थियो । सही मानेमा यो आधुनिक संशोधनवाद विरूद्ध एउटा सैद्धान्तिक र विस्तृत संघर्ष थियो । यसले विश्वभरिका सबै सर्वहारा क्रान्तिकारी शक्तिहरूका लागि विश्वास प्रदान गर्ने ग¥यो । यो माक्र्सवाद–लेनिनवादको एउटा वैज्ञानिक विकास पनि थियो, जसले त्यो अवधिका लागि अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा यसको क्रान्तिकारी जनरल लाइन दियो । यो संघर्षको पछाडिको चालक शक्ति माओ नै हुनुहुन्थ्यो । यही महान् बहसमार्फत माओले अन्तर्राष्ट्रिय सर्वहारावर्गका अगाडि सबैभन्दा महत्वपूर्ण प्रश्नहरूका उत्तर दिएर माक्र्सवाद–लेनिनवादको विज्ञानलाई विकसित गर्नु भएको थियो– विश्वमा आधारभूत अन्तरविरोधहरू, को मित्रहरू र को शत्रुहरू हुन्, आन्दोलनको लक्ष्यहरू र विश्व समाजवादी क्रान्तिको विजय प्राप्त गर्नका लागि मार्ग आदि । यी मान्यताहरू जुन १४ को चीठीमा प्रमुख रूपले राखिएको थियो र दोस्रो विश्व युद्धपछि अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनले सामना गरिरहेका विभिन्न गम्भीर सवालहरू नव–संशोधनवाद, युद्ध र शान्ति, शान्तिपूर्ण सहअस्तित्व, युगोस्लाभिया, ख्रुश्चेभको संशोधनवाद र त्यसबाट झिकिएका ऐतिहासिक पाठहरूमाथि नौवटा आलोचनाहरूले क्रान्तिकारी अवस्थितिहरूलाई निश्चित र वर्णनात्मक गरायो । यो त्यही महान् बहसमार्फत माओवादले अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको क्रान्तिकारी पक्षहरूको मार्गनिर्देशक विचारका रूपमा अरू बढ्ता स्वीकृति पायो ।

 

अहिले नेपालमा ओली–दाहालको मिलनबाट नेपाली कम्युनिस्ट आन्दोलनमा काफी भ्रमहरू सृजना भएका छन्, तिनलाई जनताको बीचमा स्पष्ट पार्न अर्को महान् बहसको आवश्यकता छ र अहिले अन्तर्राष्ट्रिय स्तरमा स्थापित माओजस्ता क्रान्तिकारी नेता छैनन् । तर पनि अहिलेको आवश्यकता ख्रुश्चेभको नव संशोधनवादविरुद्ध माओको लडाइँबाट पाठ सिक्दै ओली–दाहाल गठबन्धनका विरुद्ध सैद्धान्तिक, राजनीतिक, वैचारिक बहसको महान् जिम्मेवारी पूरा गर्ने अभिभारा अहिले नेपालका केही सीमित क्रान्तिकारी कम्युनिष्टहरूको काँधमा आएको छ । यीमध्ये तुलनात्मक रूपले हामीसित सैद्धान्तिक, राजनीतिक, वैचारिक बहसको महान् जिम्मेवारी पूरा गर्ने अभिभारा अहिले नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव क.मोहन वैद्य किरणको काँधमा आएको स्पष्ट हुन्छ । हुन त सन् १९६३–०६४को समयको जस्तो अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन अहिले छैन । अहिले नेपालमा कम्युनिष्ट नेता तथा कार्यकर्ताले सैद्धान्तिक, राजनीतिक, वैचारिक बहसको आवश्यकतातर्फ रुचि राख्दैनन्, उनीहरूको ध्यान पार्टीभित्र र पार्टी बाहिरका पद र पैसामा केन्द्रित भएको छ । देश र जनताको मुक्ति आफूले प्राप्त गर्ने त्यही पद र पैसामा तौलनी गर्दछन् । तैपनि क्रान्तिकारीका लागि क्रान्तिकारी आशावादका साथ कसरी माओले ख्रुश्चेभको नव संशोधनवाद विरुद्धको लडाइँ लड्दै माक्र्सवाद–लेनिनवादको विकासमा महत्वपूर्ण योगदान दिनुभएको थियो, त्यसबाट पाठ सिक्दै ओली–दाहाल गठबन्धनका विरुद्ध सैद्धान्तिक, राजनीतिक, वैचारिक बहसलाई नेपाली जनताको बीचमा तीव्रताका साथ लैजाने महान् जिम्मेवारी पूरा गर्नैपर्ने भएको छ । र, यो महान् बहसमा नेपालका अन्य क्रान्तिकारी बुद्धिजीवीहरू, लेखकहरू तथा पार्टीका नेता र कार्यकर्ताहरूको सहभागिताको पनि त्यत्तिकै आवश्यकता पर्छ ।

 

मूल प्रश्न क्रान्तिकारी सिद्धान्त, विचार, राजनीति र कार्यदिशाको हो । माओको महान् बहसमा माओले उठाएका क्रान्तिकारी विचार, राजनीति, सिद्धान्त र कार्यदिशाका आधारमा नै अहिले नेकपा (क्रान्तिकारी माओवादी)ले प्रचण्ड र ओलीको बीचको पार्टी एकताबारे आफ्नो दृष्टिकोण सार्वजनिक गरिसकेको छ । समयको हिसाब र पार्टीको आत्मगत तथा वस्तुगत अवस्थालाई हेर्दा क्रान्तिकारी माओवादीले उठाएको विचार संघर्षमा राष्ट्रियस्तरमा पहलकदमीको आवश्यकता देखिएको छ । साथै, वर्तमानमा देखिएको संशोधनवादी हावाहुरीका विरुद्ध नेपालमा पनि महान् बहसलाई नेतृत्व गर्ने हैसियत यदि कसैसित छ भने वर्तमानमा केबल नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव क. मोहन वैद्य किरणसित मात्रै छ । के आवश्यक छ भने उक्त सैद्धान्तिक, वैचारिक, राजनीतिक तथा कार्यदिशामा हुने बहसलाई बलियो जग प्रदान गर्न पार्टीको सामरिक कार्यदिशालाई पनि उत्तिकै माथि उठाउन पहलकदमीको आवश्यकता छ । त्यसो भएमा माओको महान् बहस र क्रान्तिकारी माओवादीले उठाएको विचार संघर्षमा तादात्म्य पाउन सकिनेछ । फेरि ख्रुश्चेभी नवसंशोधनवादको प्रभाव उक्त समयको सुरु अवधिमा राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा जति बलियो देखिएको थियो, माओको त्यसका विरुद्धको महान् बहसले त्यसलाई ध्वस्त बनाउन सफल भएको थियो भने नेपालमा वर्तमानको ओली–प्रचण्डको प्रभाव त्यस हिसावले त्यति बलियो छैन । तैपनि क्रान्तिकारीहरूले त्यसका विरुद्धको विचार संघर्षको झण्डालाई माथि उठाउने महान् जिम्मेवारी लिन ढिला गर्नु हु“दैन । उनीहरू मात्रै कमजोर नभई क्रान्तिकारीहरूको पनि अवस्था त्यति बलियो छैन, जति बेला माओको नेतृत्व थियो ।

 

माओले भनेका छन्, ‘सबै साम्राज्यवादीहरू (संशोधनवादीहरू–लेखक) आखिरमा कागजी बाघ हुन् ।’ उहा“को यो भनाइ वर्तमानमा ओली–दाहाल गठबन्धनबारे पनि सत्य हो । र यस्ता सबै संशोधनवादी कागजी बाघहरूका विरुद्ध नेपालका क्रान्तिकारीहरू एकजुट भएर महान् बहसको थालनी गर्नु नै क्रान्तिकारीहरूको अन्तर्राष्ट्रिय र राष्ट्रिय कर्तव्य बनेको छ ।
hukumsingh2012@yahoo.com

(- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here