नेपालमा पुरुषले पनि नर्सिङ पढ्ने बाटो खुल्यो

130

काठमाडौं । लामो समयदेखि पुरुषले नर्सिङ पढ्न पाउनुपर्ने आवाजको अन्ततः सम्बोधन भएको छ । नेपाल नर्सिङ परिषद्ले पुरुषलाई पनि नर्सिङ पढ्न पाउने निर्णय गरेपछि बाटो खुल्ला भएको हो ।

नेपाल नर्सिङ परिषद्का अध्यक्ष प्रा गोमादेवी निरौलाले चारैतिरबाट माग भएपछि आवश्यकता महसुस गरी सो निर्णय गरेको जनाएकी छिन् । विश्वविद्यालय, प्रतिष्ठान र प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्अन्तर्गतका नर्सिङ शैक्षिक संस्थालाई निर्णय कार्यान्वयन गर्न परिषद्ले सूचना जारी गरिसकेको अध्यक्ष निरौलाको भनाइ छ ।

अध्यक्ष निरौलाले शैक्षिक सत्र २०७५।७६ देखि लागू हुने गरी १५ प्रतिशत पुरुषलाई नर्सिङ अध्ययनमा समावेश गराउने निर्णय गरेको जानकारी दिइन् ।

नेपाल नर्सिङ संघले नर्सिङ अध्ययनमा पुरुषलाई कोटा दिनुपर्ने माग राख्दै नेपाल नर्सिङ परिषद्लाई पत्रसमेत पठाएको थियो ।

नेपाल नर्सिङ संघकी महासचिव लक्ष्मी केसीले विदेशमा पुरुष नर्स उत्पादन भई काम गरिरहेकाले नेपालमा पनि पुरुष नर्सको आवश्यकता खड्किएको जनाएकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here