प्रचण्डको सिंगापुर बसाई रहस्यमय

150

काठमाडौ / एमाले र माकेको पार्टी एकीकरणलगत्तै पत्नी सीता दाहालको उपचारका क्रममा सिंगापुर पुगेका नेपाल कम्युनिष्ट पार्टीका दोस्रो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एक सातापछि मात्रै नेपाल फर्कने भएका छन् । पत्नीको स्वास्थ्य अवस्था कमजोर भएपछि गत साता प्रचण्ड उपचारका लागि सिंगापुर पुगेका थिए । प्रचण्डकी कान्छी छोरी गंगा दाहालले सार्वजनिक गरेको विवरणअनुसार प्रचण्डपत्नी सीतालाई ‘वाटर थेरापी’ र औषधिको ‘रियाक्सन’ हेरेर थप उपचार गर्नुपर्ने भएकाले प्रचण्डको बसाइँ लम्बिएको हो ।

 

सीताको उपचारका लागि अध्यक्ष प्रचण्ड र छोरी गंगा दाहाल सिंगापुर पुगेका थिए । उपचार लम्बिने भएपछि छोरी गंगा आइतबार नेपाल फर्किएकी छिन् भने प्रचण्ड सिंगापुरमै बसेका छन् । पत्नी सीताको मनोविज्ञान र स्वास्थ्यलाई ख्याल गरेर नै प्रचण्डले आफ्नो बसाइ लम्बाएको जनाइएको छ । यता भने प्रचण्ड भारतका गुप्तचर संस्था ‘रअ’ पदाधिकारीहरूसँग र भारतीय नेताहरूसँग भेटवार्ताका लागि सिंगापुर बसार्इँ लम्बिएको टिकाटिप्पणी भइरहेको छ ।

(- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here