हितमान शाक्यले प्रचण्डलाई छोडे

245

काठमाडौं / एमाले र माके एकीकरणसँगै सत्तारुढ नेकपाको नेता बन्न पुगेका पूर्वमाओवादी नेता हितमान शाक्यले पार्टीको कुनै पनि जिम्मेवारीमा नबस्ने घोषणा गरेका छन् । उनले पार्टी अध्यक्ष प्रचण्डको फोनसमेत नउठाएको बुझिएको छ । एकीकृत पार्टीको स्थायी कमिटीमा नपरेपछि पार्टी एकता प्रक्रियामा असन्तुष्टि जनाउँदै शाक्य बैठकहरूमा उपस्थित हुन छाडेका थिए ।

 

यसअघि हितमानलाई तीन नम्बर प्रदेशको पार्टी एकता कार्यदलमा राखिएको थियो । तर, उनी बस्न नमानेपछि हाल अग्नि सापकोटालाई राखिएको छ । स्रोतका अनुसार हितमान नेकपाको स्थायी समितिमा नपारिएको भन्दै नेतृत्वसँग असन्तुष्ट छन् । आफूसँगैका नेताहरू सबै स्थायी समितिमा परे पनि आफूलाई नराखिएको उनको गुनासो रहेको छ । नेतृत्वसँग रुष्ट भएका उनले पार्टीको कुनै पनि जिम्मेवारीमा नबस्ने भन्दै अलग भएका छन् ।

(- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here