माधव नेपालको सक्रियता बढ्यो

220

काठमाडौं / सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देश बाहिर रहेका बेला नेकपाका अध्यक्ष केपी शर्मा ओली र माधव नेपालबीच सम्बन्ध सुमधुर बन्न पुगेको छ । प्रधानमन्त्री ओली चीन भ्रमणमा रहेका बेला कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका माधव नेपाल अ‍ोली चीन फर्केपछि पनि सम्बन्ध सुमधुर बनिरहेको बुझिएको छ ।

 

नेता नेपालले दुवै अध्यक्ष बाहिर रहेको मौकामा आफूलाई निकै सक्रिय बनाएका थिए । पार्टी एकीकृत भएपछि पार्टीको महाधिवेशनसम्म ओली र प्रचण्ड अध्यक्ष हुने समझदारी रहेको भए पनि एकता महाधिवेशनपछि पार्टीको अध्यक्ष को हुने भन्नेबारे अहिलेसम्म स्पष्ट नभए पनि केपी ओली प्रधानमन्त्री रहिरहेकै अवस्थामा महाधिवेशन हुने भएकाले केपी ओलीको विकल्प खोजिने निश्चित छ । स्रोतका अनुसार पछिल्लो समय वरिष्ठ नेता माधव नेपालले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओलीलाई खुल्ला हृदयले सहयोग एवम् समर्थन गर्दै आएका छन् ।

 

बरु, नेताहरू झलनाथ खनाल र वामदेव गौतम भने ओलीबाट टाढिएका छन् । ६ दिने चीन भ्रमण सम्पन्न गरेर स्वदेश फर्किएका प्रधानमन्त्री ओलीलाई स्वागत गर्न कार्यवाहक अध्यक्षको हैसियतमा नेता नेपाल त्रिभुवन विमानस्थल पुगेका थिए । अहिले नेता नेपालको सक्रियता बढेको कुरा उनको देश दौडाहाले पनि स्पष्ट गर्छ । उनी अहिले देशका विभिन्न ठाउँमा पार्टीको कामको सिलसिलामा खटिएका छन् । आगामी महाधिवेशनमा सम्भवतः अध्यक्षको लागि वर्तमान अध्यक्ष प्रचण्ड र नेता नेपालबीच नै प्रतिष्पर्धा हुने अनुमान गर्न सकिने देखिएको छ ।

(- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here