काठमाडौं र नवनारी मिडिया प्रा। लि, लायन्स क्लब ओसिड र नेपाल आदिवासी जनजाती पत्रकार महासंघ काठमाडौं शाखाको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शान्ति बाटिकास्थित रत्नपार्कमा भएको उक्त रक्तदान कार्यक्रममा करिब ६५ जना भन्दा बढी व्यक्तिहरुले रक्तदान गरेका थिए । रक्तदान गर्ने सबै रक्तदाताहरुलाई प्रशंसा पत्र सहित फलफूल र जुस प्रदान गरिएको थियो ।
विश्व रक्तदान दिवसको अवसरमा सञ्चालन गरिएको सो कार्यक्रम काठमाडौँका महाननगर पालिकाक उपमेयर हरिप्रभा खड्गी, नेपाल रेडक्रस सोसाईटी रक्त संचार केन्द्रका निर्देशक डा। मनिता राजकर्णिकार , फोनिज काठमाडौँ शाखा अध्यक्ष राज्यलक्ष्मी शाक्य, लायन्स क्लब अफ काठमाडौँ, ओसिड नेपालका अध्यक्ष नवराज अमात्य तथा नवनारी मिडिया प्रा।लि का प्रबन्ध निर्देशक तथा वरिष्ठ संगितकार विनोद पछाईको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।


















