एन आई सी एशिया बैंक : मिस्ड कल गरेर मिस्ड कल बैंकिङ्ग सेवा

94

विभिन्न डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेकोे एन आई सीएशिया बैंक लिमिटेडले नेपालमा विभिन्न शहरी, ग्रामीण तथा दुर्गम जिल्लाहरुमा आफ्नो भौतिक उपस्थितिलाई अग्रसर गर्दै सोहि क्रमलाई निरन्तरता दिन २०७५ श्रावण १ गतेबाट बैंकले मिस्ड कल बैंकिङ्ग सेवा (Missed Call Banking Service ) संचालनमा ल्याएको छ ।

यो सेवा सञ्चालन भएसँगै अब बैंकका ग्राहकहरुले मिस्ड कल गरेर मिस्ड कल बैंकिङ्ग सेवा (Missed Call Banking Service )  प्राप्त गरेर सेवा लिन सक्नुहुनेछ । हालसम्म यस बैंकमा ग्राहकको संख्याकरिब ११ लाख ७५ हजार रहेको मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जालभएको बैंक हुन एन आई सीएशिया बैंक लिमिटेड सफल भएको छ ।

 

१) ब्यालेन्स जानकारी : मोबाईल नं– ९८०१२२७७३३ मा मिस्ड कल गरी आफ्नो खातामा रहेको मौज्दातको जानकारी एसएमएस मार्फत प्राप्त गर्न सकिने ।
२) मिनी स्टेटमेन्ट जानकारी : मोबाईल नं– ९८०१२२७७४४ मा मिस्ड कल गरी खाताको अन्तिम ३ वटा कारोवारको जानकारी एसएमएस मार्फत प्राप्तगर्न सकिने ।
३) कल ब्याक सेवा : मोबाईलनं–९८०१२२७७५५ मा मिस्ड कल गरी बैंकका सम्बन्धित कर्मचारीबाट कलब्याक मार्फत विभिन्न सुविधाको बारेमा जानकारी प्राप्त गर्न सकिने छ ।

 

हरेक सम्भावित बजार क्षेत्रमा बैंकले आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि बढाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here