डा.केसी अझै वार्तामा आउन मानेनन्

244

काठमाडौं/ डा. गोविन्द केसी पक्ष र नेपाल सरकारबीचको वार्ता अझै टुङगो लाग्न सकोको अनिश्चित भएको छ ।

२१ दिनदेखि अनशनरत केसी को माग प्रति शुक्रबार दिनभर उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुरमा ‘गोविन्द केसीका मागप्रति ऐक्यबद्धता जनाऊँ’ भन्दै माइकिङ गरियो ।

बिहीबार हेलिकोप्टरबाट डा. केसीलाई स्वास्थ्य अवस्था खराब भएपछि जीवनरक्षा र उपचारका लागि काठमाडौँ ल्याए पनि वार्ताबारे अनिश्चित भएको छ भने वार्ताबारे अर्को निर्णय भइनसकेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बताएका छन् ।

केसी पक्षले यसअघि प्रतिनिधिसभामा दर्ता भएको चिकित्सा शिक्षा विधेयक फिर्ता हुनुपर्ने अडान राख्दै डा. केसीले अधिकारसहितको वार्ता टोलीको पनि माग गरेका छन् । सरकार त्यसमा सहमत नभएपछि वार्ता स्थगन भएको हो ।

सरकारले शिक्षा मन्त्रालयका सचिव खगराज बरालको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको थियो ।

डा. केसी प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसको सरकारले ल्याएको १० वर्षसम्म काठमाडौँ उपत्यकामा नयाँ मेडिकल कलेजको सम्बन्धन नदिने व्यवस्था भएको चिकित्सा शिक्षा अध्यादेशको मर्मअनुसार नै विधेयक आउनुपर्ने अडानमा छन् भने सरकार विधेयकलाई संसदीय प्रक्रियाबाट टुङ्गो लगाउने पक्षमा छ ।

अनशनरत डा। केसी हाल महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here