मजुरा नाचको लागि मानव तस्करले अफ्रिकी मुलुक केन्या पुर्याएका २१ नेपाली युवतीलाई प्रहरीले बिहीबार राति क्लबबाट उद्धार गरेको छ । उनीहरुलाई केन्यास्थित वेस्टल्यान्ड क्षेत्रका दुई रात्रिकालीन क्लबबाट उद्वार गरेको हो ।
केन्यास्थित मानव वेचबिखन प्रतिरोध तथा बाल रक्षा एकाई र अपराध एकाईको संयुक्त टोलीले मोगोसियो सडकमा रहेको दुई क्लबमा छापा मार्दा उनीहरुलाई उद्धार गरेका हुन् । ‘प्रहरीले नियमित छापा गर्ने क्रममा नेपाली युवतीलाई उद्वार गरेको हो’, केन्यास्थित अवैतानिक नेपाली दूत जिम्मी अस्कारले भने,‘यो एउटा सामान्य छापा हो ।’ कान्तिपुर दैनिकबाट ।


















