एन आई सी एशिया बैंक र सुर्या लाईफ ईन्स्योरेन्स बीच सम्झौता

120

काठमाण्डौ, सावन ७ । एन आई सी एशिया बैंक लिमिटेडले सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडसंग बैंकास्योरेन्स सम्झौता गरेको छ । सम्झौतानुसार अब बैंकका ग्राहकहरुले मुलुकभर फैलिएका बैंकको २३२ वटै शाखाहरुबाट सहज रुपमा सुर्या लाईफ इन्स्योरेन्स कम्पनीको जीवन बिमा पोलिसीहरु खरिद गर्न पाउने भएका छन् । सम्झौतापत्रमा बैंकका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गरेका छन् ।

 

मुलुकभर २३२ शाखा कार्यालयहरु, २२० एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १५ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जालका रुपमा एन आई सी एशिया बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार रू १७५ अर्ब भन्दा बढि पुगेको जनाइएको छ भने कुल निक्षेप करिब रू १५० अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कूल कर्जा करिब रू ११९ अर्ब सहित निजी क्षेत्रका बैंकहरु मध्ये दोस्रो ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन यो बैंक सफल भएको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्याकरिब ११ लाख ७५ हजार पुगेको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालनागर्दै आएको बैंकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here