काठमाडौ । महालक्ष्मी बिकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि नेपाल मेडिसिटी अस्पतालसँग सम्झौता गरेको छ ।
सम्झौता अनुसार बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले नेपाल मेडिसिटीमा उपचार गराउँदा सेवा शुल्कमा छुट पाउने छन्।
बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र अस्पतालका महाप्रबन्धक बिजय रिमालले उक्त पत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार यस किसिमको सहकार्यबाट बैंकका ग्राहक वर्गले उपचार खर्चमा ७ पतिशत छुट पाउने छन् । साथै बैंकका कर्मचारी तथा कर्मचारीका परिवारले नेपाल मेडिसिटीको सेवा शुल्कमा १० प्रतिशत छुट प्राप्त गर्ने बैंकद्वारा प्रकाशित बिज्ञप्तिमा उल्लेख छ ।


















